एकसाता अघि परेको भारी हिमपातका कारण असहज बनेको मुक्तिनाथ कालोपत्रे सडक मंगलबार देखि सहज पारिएको छ । वारागुङ मुक्तिक्षेत्र–१ का स्थानीय जनप्रतिनिधि र कर्मचारी मिलेर सडक माथिको हिउ पन्छ््याई मुक्तिनाथ जाने सडक सहज बनाईएको हो ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको पर्यटन सूचनाकेन्द्रका कर्मचारी ,झारकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ,वडा प्रतिनिधि तथा कर्मचारी र स्थानीयले सडक माथिको बाक्लो हिउ पन्छ््याईएको झारकोट स्वास्थ्य चौकीका अहेब तारानाथ अधिकारीले जानकारी दिए । हिउँ पन्छ््याउन घरेलु उपकरण साबेल गैची र गल प्रयोग गरी सामाजिक उत्तरदायित्व स्वरुप करिव १५ जनाले श्रमदान गरेको अधिकारीले बताए ।
यसअघि हलुका सवारी साधन र मोटरसाईकल आउजाउमा समस्या पर्दै आईरहेको थियो । सडकको हिउ पन्छ््याएपछि सबै प्रकारका सवारी साधनलाई मुक्तिनाथ जान सजिलो भएको मुक्तिनाथ पर्यटन सूचनाकेन्द्रका पर्यटन सहायक प्रेमबस्नेतले जानकारी दिए ।
हिमपातले कागबेनी देखि झारकोट सम्म करिव ५ किलोमिटर सडकमा सवारी आउजाउमा समस्या पर्ने गरेको थियो । अत्यधिक चिसोका कारण सडकमा माथि थुप्रिएको हिउँ पग्लन नपाएको हो । मुक्तिनाथमा माईनस माईनस १५ डिग्री तापक्रम सम्म पुग्ने गरेको छ । चिसोले दैनिक प्रयोजनमा आउने धारा र शौचालय समेत जमेका छन् ।
फोटो क्याप्सन : कागबेनी–मुक्तिनाथ सडकको हिउ पन्छ््याउदै स्थानीय र कर्मचारी । तस्विर तारानाथ अधिकारी






