लमजुङ, सुन्दरबजार नगरपालिकामा रिटेनिङ वालको काम गर्ने सिलसिलामा माटोको ढिस्कोमा दर्जन बढी मजदूर पुरिएका छन् । उक्त घटनामा एक जनाको मृत्यु भएको छ ।
सुन्दरबजार नगरपालिकामा वडा नम्बर ६ स्थित नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएकाे विष्णुकमार श्रेष्ठले जनाए ।
प्रहरी तथा स्थानियहरूकाे ठ्रलाे संख्याले जेसिभी लगाएर हालसम्म ६ जना घाइते कामदारको उद्दार गरिसकेकाे छ भने बाकी ६ जनाको उद्दार जारी छ ।
उद्दार हुनेमा लालबहादुर तामाङ (लमजुङ ), संगम चेपाङ ,दिपक चेपाङ ,बिष्णु चेपाङ,सुरेस चेपाङ ( चितवन ) र छविलाल मगर (सल्यान)को उद्दार गरिएको छ । जसमध्य संगम चेपाङको मृत्यु भएको असिइ दुर्गा सिन्जालीले जानकारी दिए ।
१३ जना कामदारले काम गरिरहेकाे बेला एक्कासी माटोको ढिस्कोले पुरेकाे थियाे। उद्दार कार्य जारी छ । घटनाको थप विjरण आउन बाँकी छ ।




