संरक्षित क्षेत्र मुस्ताङको जोमसोममा हिउ चितुवा संरक्षण सम्वन्धि सचेतनामुलक कार्यक्रम भएको छ । हिमालकी रानी भनेर चिनिने ठुलो बिरालो प्रजातीको हिउ चितुवा जोगाउन सके ईको पर्यटनलाई टेवा पुग्ने सरोकारवालाले बताएका छन् ।
अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा एक्याप जोमसोम र प्राकृतिक श्रोत व्यवस्थापन फोनारेमको संयुक्त आयोजनामा बिहिबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले हिउँ चितुवा संरक्षण गर्नुपर्नेमा धारणा राखेका हुन् । मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले हिउँ चितुवाको उपस्थिती तथा त्यसको क्रियाकलापले ईको पर्यटनमा सहयोग पुग्ने बताए । एक्यापका कार्यालय प्रमुख तुलसी दाहालले हिउँ चितुवाको अवशेष र क्रियाकलापबाट पर्यटकको बसाई लम्बिन सक्ने उल्लेख गरे ।
यस्तै हिम चितुवा बिज्ञ बिक्रम श्रेष्ठले मानव र हिमाल संग सम्वन्ध हिउँ चितुवाले पुरा गर्ने बताए । उनले हिउँ स्वच्छ वातावरणको सूचक भएको उल्लेख गरे । कार्यक्रममा स्कुले बिद्याथीले समेत हिउँ चितुवाबारे बोलेका थिए ।
समुन्द्री सतहको ३ हजार देखि ६ हजार मिटरको चट्टानी पहाडको उचाई हिउँ चितुवाको मुख्य बाँसस्थान केन्द्र मानिएको छ । फेलिडे परिवारको हिउँ चितुवा मांसाहारी प्राणी हो ।






