पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

जोमसोम– अबिरल बर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिका –३ गुईठे भीरमा पहिरो गएको छ । पहिरोले बेनी–जोमसाम ७६ किमी सडक अवरुद्ध भएको आयोजना प्रमुख मुकुन्द्र अधिकारीले जानकारी दिए ।

गएरातिको अविरल बर्षाले सडक माथिबाट पहिरो गई करिव ३५ मिटर सडकमा ठुला ठुला ढुङ्गा र माटो थुप्रिएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएकोआयोजना प्रमुख अधिकारीले बताए

बर्षाले म्याग्दीाको गुईठेमा सडक अवरुद्ध भएपछि शनिबार बिहानै देखि म्याग्दी र मुस्ताङ तर्फ छुटेका लामो दुरीका यातायातका साधनहरु बीचमै रोकिएको छ । आयोजना प्रमुख अधिकारीले सडक माथिको पहिरो पन्छ््याउन डोजर र स्काईभेटर परिचालन भएको र शनिबार साझ सम्म सडक खुलाउने गरी काम भईरहेको बताए ।