विश्व शान्तिका लागि यस वर्ष पनि (कङ्ग्युर) त्रिपिटक वाचन हुने भएको छ । कार्यक्रम पुस १ गतेदेखि शुरु भइ १० गते समापन हुने पोखरा पल टासी छ्योलिङ गोपाल गुम्बाका प्रमुख लामा गोपाल गुरुङले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्नका लागि आयोजित भेलाले विभिन्न समिति उपसमिति गठन गरेको छ ।
पोखरा पल टासि छ्योलिङ गोपाल गुुम्बाका प्रमुख लामा गुरु गोपाल गुरुङ्गले समिति, उपसमितिले १० दिनको विश्व शान्तिका लागि त्रिपिटक वाचन ल्होसार फेरिनु पूर्व गर्नुपर्ने बताए ।
भेलामा १ सय ५० जना भन्दा बढि मानिस सहभागी थिए । कार्यक्रमका लागि संखुवासभा, सुनसरी (इटहरी), सिमरा रुपन्देही (भैरवा), आँबुखैरेनी (तनहुँ) एवं अन्य जिल्लाहरुबाट लामा एवं गुम्बा प्रतिनिधि पोखरा आइसकेका छन् ।






