ताजा समाचार

मंसिर २७ गते २०७६

जनताको विश्वासमा कुठराघात हुन दिन्नौँ:प्रहरी प्रमुख घिमिरे

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले महिला ,वालवालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा प्रहरी संगठनले शुन्य सहनसिलताको निति अवलम्बन गरेको बताउदै यस्ता घटनाहरु विरुद्ध निर्धक्क प्रहरीसम्म आउन सबैमा आग्रह गरेका छन् ।

मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय तनहुँको हाता भित्र निर्माण हुन लागेको व्यारेक ,भान्सा घर र हिरासत कक्षको शिलान्यास कार्यक्रमका अवसरमा नागरीकहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै समाजका विकृति विसंगितीहरुलाई निराकरण गर्दै सभ्य र सु(संस्कृत समाज निर्माणका लागि सबै निकायलाई साथसाथै लैजान प्रहरी संगठनले समुदाय प्रहरी साझेदारी अभियान मार्फत एक स्वर्णिम कदम चालेकाले यसबाट प्रहरीप्रति आम नागरीकले हेर्ने दृष्टिकोणमा समेत आफुले बद्लावको महसुस गरेको बताए ।

प्रहरी सेवाका विषयमा बोल्दै उनले प्रहरी कर्मचारीले लगाउने निलो बर्दीमा आम नागरीकको रगत पसिनाको समेत योगदान हुनुका साथै नागरीकको प्रत्यक्ष आस्था र विश्वास समेत जोडिएकाले यसमा कहिल्यै कुठाराघात हुन नहुने बताउदै यसप्रती गम्भिर हुन सबै प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।