ताजा समाचार

मंसिर १६ गते २०७६

बागलुङ प्रदेशसभामा जनमोर्चाका खिमविक्रम

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्। जनमाेर्चाका खिमविक्रम शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई पराजित गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थमा उम्मेदवार बनेका शाहीले कांग्रेसका शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे। 

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए।