ताजा समाचार

मंसिर १४ गते २०७६

पोखरामा उपनिर्वाचन सुरू भएयता ४ पटक बिस्फोट

कास्की २ को मतदानस्थलमा फेरी बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । यसअघि नयाँबजारको नवप्रभात ध्यामिक विद्यालय र पोखरा-१६ को शान्ति माविको मतदान स्थल नजिक २ पटक बम विस्फोट भएको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका कारण कास्की २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भइरहेको छ ।

उपचुनावको तयारी सुरू भएयता पोखरामा निरन्तर विस्फोट भएतापनि कुनै मानवीय क्षति नभएको निर्वाचन आयोगले बताइएको छ ।