ताजा समाचार

कार्तिक २३ गते २०७६

देश निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण : भट्टराई

कास्की क्षेत्र नं २ का नेकपाका उम्मेदवार विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तरक्रिया गरेकी छन् ।

जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलामा उम्मेदवार भटटराईले देश निर्माणमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाइ व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताइन् ।

यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनले स्पष्ट पारिन् ।

देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने उनले बताइन् ।

भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने स्पष्ट पारिन् ।

कार्यक्रम नेकपा केन्द्रिय सदस्यद्वय चूडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वपूर्ण खेल्दै आइरहेको बताए ।

आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उनीहरुको भनाई थियो ।