ताजा समाचार

कार्तिक २० गते २०७६

देवराजले दिए खेमराजलाई बधाई र शुभकामना

कास्की क्षेत्र नंं २ का प्रमुख दाबेदार मानिएका उम्मेदवार देवराज चालिसेले अन्तिम समयमा टिकट पाउन सकेनन् ।

यसअघि पराजित भएका देवराज उम्मेदवार बन्ने आँकलन धेरैको थियो र चाहना पनि । तर आँकलन फेल खायो । पार्टीको राजनीतिक भागवण्डा र रसाकस्सीले खेमराज पौडेलले टिकट पाए ।

नेता देवराजले खेमराजलाई सफलताको शुभकामना दिएका छन् । सामाजिक फेसबुकमार्फत देवराजले खेमराजलाई बधाई र शुभकामना दिएका हुन् । देवराजले खेमराजलाई कांग्रेसका आदरयोग्य नेताको रुपमा चित्रण गरेका छन् ।

उनले भनेका छन्,‘नेपाली कांग्रेसका आदरयोग्य नेता खेमराज पौडेलज्यूलाई नेपाली कांग्रेसले कास्की २ को उपनिर्वाचनमा उम्मेदवार चयन गरेकोमा हार्दिक वधाई ज्ञापन गर्दै विजयको अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेता खेमराजलाई नेता देवराजसंगै अन्य शुभेच्छुक शुचचिन्तकको बधाईको ओइरो लागेको छ ।