ताजा समाचार

कार्तिक २३ गते २०७६

कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान आजदेखि

नेपाली कांग्रेस कास्कीले आज आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ ।

कांग्रेसले आज आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको हो ।

कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो ।
कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेसले नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

बिहीबार उम्मेदवारी मनोनयसंगै कांग्रेसले चुनावी अभियान शुरु गरिसकेको छ । शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकद्वयमा क्षेत्रीय सभापति माधव बाँस्तोला मधु र नगर सभापति बजीरमान श्रेष्ठ रहेका छन् ।

यसैगरी आज आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा ४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा नेता वीरेन्द्रनारायण विजुक्छे संयोजक रहेका छन् ।