चराङका वडाअध्यक्ष ठकुरीले पन्छ््याए सडकको हिउँ

लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका वडाअध्यक्ष टसी ढिन्डुक ठकुरीले मंगलबार र बुधबार उपल्लो मुस्ताङ सडकको हिउँ पन्छ््याएका छन् । विगत २ महिना अघि देखि जमेको बाँक्लो हिउँ उनले आफै डोजर चलाएर पन्छ््याएका छन् ।


वडाअध्यक्ष ठकुरीको आफ्नै डोजर छ । उनले जाडो छल्न चालक घर गएकाले आफैले डोजर चलाएर हिउँ पन्छ््याउन सफल भए । उनले चराङ देखि ध्ये खोलासम्मको करिव १ किलोमिटर दुरीको हिउँ र बुधबार चराङ खोला देखि लोमान्थाङ सडकँको हिउ पन्छ््याउने काम पुरा गरेको जानकारी दिए ।