उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना उत्तरी कोरलानाका पहुचमार्ग सडक कछुवाको गति जस्तै सुस्त भएको मुस्ताङबाट निर्वाचित संघीय सासद प्रेमप्रसाद तुलाचनले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद तुलाचनले पछिल्लो समय निर्माण व्यवसायीहरुको ढिलासुस्तीेका कारण राष्ट्रिय गौरवको आयोजनाले गति लिन नसकेको बताएका छन् ।
सांसद तुलाचनले सरकारका तर्फबाट आयोजनाको नियमित अनुगमन गर्न कञ्जुस्याई भईरहेको आरोप लगाए । सांसद तुलाचनले झन्डै २ सय किलोमिटर लामो राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डमा केवल २÷४ जना ईन्जिनीयरले अनुगमन गरेको अवस्थामा आयोजनाको कामहरु प्रभावित भईरहेको तर्फ सरकारको ध्यानआर्कषण गराए । सरकारको ध्यानआर्कषण गर्दै सांसद तुलाचनले करिडोर सडक बिकासे मन्त्रालय अन्र्तगत रहेकाले यसको क्रमागत अनुगमन गरेर समस्याको समाधान खोज्न आग्रह गरे ।
गतवर्ष सम्मानीय सभामुखको कोरला सडकको भ्रमण भएको स्मरण गर्दै सांसद तुलाचनले उक्त भ्रमणमा जति सडकको प्रगती भएको थियो त्यसमा थप अरु प्रगती बढ्न नसकेको उल्लेख गरे । उनले बेनी–जोमसोम सडकमा ३ वटा ठुला÷ठुला चट्टाने पहाड भएको जनाउदै त्यस्ता भीरहरुमा सडक चौडा गर्न सरकारले ढिलो गर्न नहुने सुझाए ।
सरकारले उत्तरी कोरलानाका जोड्ने उद्देश्यले २०७४ साल देखि बेनी–जोमसोम–कोरला सडक आयोजना अघि बढाएको हो । बेनी–जोमसोम ७६ किमी सडक ११ मिटर चौडा कालोपत्रे र जोमसोम–कोरला १ सय १० किमी सडकको ११ मिटर चौडा ग्राभेल सडकको निर्माण सुरु गरेको हो ।
कालिगण्डकी करिडोर सडकको बेनी–जोमसोम–कोरला सडकका लागि ६ अर्ब ५० करोड बिनियोजन भएको छ । कोरला सडकको जोमसोम–कोरला सडकमा ७ प्याकेज र बेनी–जोमसोम सडकखण्डमा ४ वटा प्याकेजमा काम अघि बढाईएको हो ।






