कोवाङको कृषि बिद्यालय राजनितिक अखडा बन्दै

समाज रुपान्तरणमा शैक्षिक पाटो महत्वपूर्ण मानिन्छ । दक्ष जनशक्ति उत्पादन गर्ने योगदान विद्यालयले पुरा गर्छ । विद्यालय सरस्वतीको मन्दिर पनि हो ।

एउटा गीत उत्कृष्ठ बन्न गायकका साथै संङ्गितकार र लेखक सर्जकको उक्तिकै योगदान रहन्छ । विद्यालय पनि संङ्गित जस्तै बिद्या आर्जन गर्ने यस्तो तपोकेन्द्र हो । जसलाई हाक्न बिद्यालय ,शिक्षक ,अभिभावक र व्यवस्थापन समितिको योगदान हुन्छ । यी निकायले स्वच्छ र पारदर्शी ढंगले जिम्मेवारी पुरा गरे त्यहाको शैक्षिक गुणस्तर र व्यवस्थापन समृद्ध बन्न सक्छ ।

विद्यालयको शैक्षिक गतिबिधिमा शिक्षकको भुमिका महत्वपूर्ण हुन्छ । त्यसलाई संञ्चालन गर्ने महत्वपूर्ण अंग हो बिद्यालयको व्यवस्थापन समिति । समिति यस्तो संस्था हो ,जसले बिद्यालयको शैक्षिक ,भौतिक ,आर्थिक र सामाजिक गतिबिधिलाई एकसाथ अवलम्बन गर्दै अघि बढ्छ । जसका पदाधिकारी अभिभावक ,शिक्षक ,जनप्रतिनिधि र शिक्षाप्रेमीले चयन गर्छन ् ।

समितिमा आउने कुनै पनि व्यक्तिले कुनै महत्वकांक्षा बोकर शैक्षिक दोहन गर्ने अभिप्राय राख्छन् भने बिद्यालयकै शैक्षिक भबिष्यप्रति कुठाराघात सावित हुन्छन् । बिद्यार्थी शैक्षिक बलिको बोका हुन्छन् ।

बिद्यालयलाई राज्यले शैक्षिक विकास र पुर्वाधार निर्माणमा विभिन्न शिर्षकमा अनुदान उपलब्ध गराउछ ।ती सबैको व्यवस्थापन गर्ने निकाय हो समिति । समितिले बिद्यालयको आन्तरिक प्रशासन समेतलाई हेरफेर र परिमार्जन गर्ने अधिकार छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा अवस्थित जिल्लाकै एकमात्र कृषि बिद्यालयमा व्यवस्थापन समितिको समस्या आएको छ । समितिको अध्यक्षमा दुई धारका व्यक्तिले नेतृत्व हत्याउन आन्तरिक रस्साकस्सी गरेपछि अहिले बिद्यालय समिति विवाद भुसको आगो झै सल्किएको छ । जसको विवाद सुल्झाउन अझै सकिएको छैन् ।

कोवाङको जनआर्दश कृषि बिद्यालय ६० वर्ष पुरानो हो । यहाँ कृषि प्राविधिक शिक्षातर्फ प्लस टु सम्मको पढाई संञ्चालनमा छ । अहिले व्यवस्थापन समिति नेतृत्व विवादले त्यहाका बिद्यार्थीको शैक्षिक भबिष्य अन्योल बनेको छ ।

विद्यालयको व्यवस्थापन समितिको पदावधि सकिएको ३ महिना बढी बितिसक्यो तर, विद्यालयले अझै नेतृत्व पाउन सकेको छैन । तर, बिद्यालयको जिम्मेवारी बोकेका स्थानीय शिक्षाप्रेमी तथा सरोकारवालाबीच एक÷आपसमा आन्तरिक विवाद र खिचातानीले विद्यालयको आगामी शैक्षिक भबिष्य माथि प्रश्न उब्जिएको छ ।

मध्यमुस्ताङ र तल्लो मुस्ताङका ३५ बढी सामुदायिक बिद्यालय यतिखेर हिउँदे बिदामा छन् । शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले फागुन १ गते देखि मुस्ताङका शैक्षिक संस्था संञ्चालन हुने जनाएपनि जनआदर्श अमरसिंह कृषि विद्यालयले बिद्यालय खुल्न एकसाता रहदासम्म बिद्यालय हाक्ने समितिले अझै पुर्णता पाएको छैन। बिद्यालयको नेतृत्व विवाद नसुल्झिएकाले त्यहा अध्ययनरत १ सय ६० बिद्यार्थीको शैक्षिक भबिष्य अन्योल परेको हो ।

विद्यालयले पदावधि सकिएपछि गत मंसिर १२ गते अभिभावक तथा सरोकारवाला सम्मिलित शिक्षाप्रेमीको रोहबरमा बैठक बस्यो । बैठकले शिक्षा नियमावली ऐनको दफा १२ को उपदफा १ को खण्ड क र ख बमोजिम व्यवस्थापन समिति पदाधिकारी चयन गर्ने भनिएको थियो । बैैठकमा महिला र पुरुष अभिभावकका तर्फबाट ४ जना सदस्य ,समाजसेवी १ र चन्दादाता वा शिक्षाप्रेमीका तर्फबाट १ जना प्रतिनिधि छनौट ग¥यो ।

तर ,अध्यक्ष चयनमा अभिभावकका तर्फ चुनिएका बुद्धिसिंह नेपालीलाई अभिभावकले अध्यक्षमा उभ्याए । तर ,चुनिएका सबै सदस्य उपस्थिती बिना । यसलाई एकपक्षिय निर्णय भएको भन्दै समाजसेबी कृष्णकुमार शेरचन समुहले यसको आपत्ति जनाए ।विद्यालयले उक्त निर्णयलाई अन्तिम रुप दिएन । त्यसपछि उल्झियो विवाद र खेल मञ्चन ।

बैठकमा बिद्यालयका शिक्षा प्रेमीका तर्फबाट शेरचन र अभिभावकबाट चुनिएका नेपाली अध्यक्ष पदको आंकाक्षीमा उभिएपछि समितिको अध्यक्ष चयन सतहमा पुगेको हो । अध्यक्ष पदका आकाक्षी नेपालीले आफु सर्वसम्मत अध्यक्ष हुनुपर्ने ,यसो नभए विद्यालय हाक्न नसक्ने जनाएको अर्को आकांक्षी कृष्णकुमार शेरचनले उल्लेख गरे । यता,शेरचनले आफु कृषि विद्यालयको शैक्षिक भविष्यका लागि नेपाली भन्दा बेसी योगदान गरेको उल्लेख गर्दै अध्यक्ष पदमा आफ्नो अडान रहेको बताएका छन् ।

दुबैको चाहाना बमोजिम अध्यक्ष पदको सहमती नजुटेपछि विद्यालयको नेतृत्व विवाद थप उत्कर्षमा पुगेको हो । अध्यक्ष पदका लागि नेपालीको बहुमत देखिएपनि उनी सर्वसम्मत हुन सकेनन् ।
विद्यालयले अध्यक्ष पदका लागि फेरी मंसिर १५ गते समितिको पदाधिकारी सदस्य र स्थानीय तहको शिक्षा अधिकृत सम्मिलित बैठकले निकास खोज्ने प्रयास गरेपनि आन्तरिक खिचातानीले नेतृत्वको समस्या समाधान गर्ने उक्त प्रयास पनि बिफल भयो ।

अध्यक्ष पदमा रस्साकस्सी
विद्यालय व्यवस्थापन समितिको नया सदस्य तथा शिक्षाप्रेमी लगायतको गत मंसिर १५ गतेको बैठकमा अध्यक्षका लागि दाबेदार बुद्धिसिंह नेपालीको अडान फेरियो । आकांक्षी नेपालीले आफ्ना प्रतिद्धन्दी शेरचनलाई अध्यक्ष पदका लागि समर्थन रहेको हस्ताक्षर सहितको पत्र प्रतिद्धन्दी शेरचनलाई थमाए । नेपालीले विद्यालयको शैक्षिक भविष्यका लागि स्थानीय आमासमुह ,क्लव,भद्रभलाद्मी लगायतका सल्लाह अनुसार अध्यक्षको उम्मेदवारीबाट पछि हटेको पत्र शेरचनलाई बुझाएका थिए ।

शेरचनका अनुसार अध्यक्ष पदका दावेदार नेपालीले आफुलाई समर्थन गरेको र विद्यालयलाई आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्दै मंसिर १५ गते थासाङ गाउपालिकामा पत्र बुझाए । तर उनको र नेपालीको पत्र गाउपालिकामा पेश भएलगत्तै उक्त विद्यालयका केही सरोकारवालाहरुले शेरचनलाई दिएको समर्थन फिर्ता गर्न नेपालीलाई आन्तरिक दबाव सृजना गरेको प्रतिद्धन्दी शेरचनले खुलाए । उनीहरुले विद्यालय प्रशासनलाई नेपालीले समर्थन फिर्ता गरेको निर्णय लेख्न लगाएको शेरचनले बताए ।

नेपाली पोखरा झरेको अवस्थामा केही सरोकारवालाले नेपालीको समर्थन फिर्ता लिएको घोषणा गरे । उम्मेदवार शेरचनले नैतिक रुपमा आफुलाई उम्मेदवार नेपालीले समर्थन गरेकाले आफुनै अध्यक्ष हुनुपर्ने माग राखेका छन् । आफुलाई अध्यक्ष हुनबाट रोक्न नेपालीलाई उक्साएको उनको आरोप छ । विद्यालय नेतृत्व रस्साकस्सीमा बिद्यालयको आर्थिक कारोबार जोडिएको एकथरी सरोकारवाला बताउछन् ।

विद्यालयको विद्यमान समस्या सुल्झाउन पटक÷पटक प्रयास गरिएपनि अझै समस्या ज्युका त्युनै छ । अध्यक्ष पदका उम्मेदवार शेरचनले बिद्यालयले निकास निकाल्न असमर्थ भएकाले नेतृत्व विवाद गाउ कार्यपालिका सम्म पुगेको जानकारी दिए ।