गण्डकी सेरोफेरो

पोखरामा मेघगर्जन, हावाहुरी, असिनासहितको भीषण वर्षा

पोखरामा भीषण वर्षा भएको छ । आज मंगलबार साँझ ४ बजेदेखि वर्षा भएको हो । वर्षासंगै असिना र हावाहुरी पनि चलेको छ । ३ बजेसम्म टन्टलापुर घाम लागेको पोखरामा ३ बजेदेखि मौषम परिवर्तन भई मेघ गर्जनसहित वर्षा भएको हो । वर्षा हुनु अघि ठूलो चट्यांकको आवाज समेत आएको थियो । यो समाचार तयार पार्दा अर्थात साँझ ५ः१५ बजेसम्म विजुली चम्कने, मेघ गर्जन र असिनासहित वर्षा भइरहेको छ । दिनभर घर्मी… पुरा पढौ

जोमसोममा आगलागी पीडितलाई आर्थिक सहयोग

गत आईतबार मुस्ताङको जोमसोममा अचानक बिद्युत सट भई आगलागीका कारण आर्थिक धनजनको क्षती व्यवहोरेका पीडित परिवारलाई मंगलबार एक समारोहकाबीच राहत वितरण गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोम ,नेरेसो मुस्ताङ ,जोमसोम गाउँ समाज र स्थानीय समाजसेवीहरुको पहलमा संकलित कुल १ लाख ५ हजार ५ सय रुपैया पीडित परिवारलाई बुझाईएको नेरेसो मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए । समाजमा भई परिआएको विपत्का घटनाबाट पीडित बनेकालाई राहत सहयोग र सान्त्वना प्रदान गर्ने उद्देश्यले… पुरा पढौ

भीर काटेदै गरेको स्काभेटर खस्दा चालकको मृत्यु

बेनी जोमसोम सडक खन्नका लागि प्रयोग भएको स्काभेटर सोमबार साझ ५ बजे कालिगण्डकी नदीमा खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका ४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए। सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको हो । दुर्घटनामा स्काभेटरका अपरेटर सिन्धुपाल्चोक जिल्ला घर भएका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको छ।… पुरा पढौ

५४ रुपैयाँमा किनेको पेट्रोल ११० मा बेच्नु कोलोबजारी भएन ?

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेशसभा बैठकमा समसामयिक विषयवस्तुको उठान गरेका छन् । उनले सरकारले नै इन्धनमा कालोबजारी गरेको आरोप लगाए । आइतबारको प्रदेशसभा बैठकमा सांसद थापाले सरकारले भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो भएको भनेर झुटको खेती गरिरहेको बताए । उनले ५४ रुपैयाँमा किनेको पेट्रोल रु ११० मा विक्री गर्नु कालोबजारी भएन र ? भनि प्रश्न गरेका छन् । इन्धनमा बढाइएको पूर्वाधार विकास कर तत्काल घटाएर जनतालाई महंगीको भारबाट… पुरा पढौ

जोमसोममा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

मुस्ताङ सदरमुकाम जोमसोमका आगलागी पीडित २ परिवारलाई आईतबार आर्थिक सहयोग गरिएको छ । साविक जोमसोम गाविस वडा नं. ८ का स्थानीयबासी तथा भाडामा बस्ने मानिसले पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । साविक जोमसोम गाविस ८ का स्थानीय मिना शेरचन ,सृजना शेरचन ,कान्छी थकाली,प्रमिला थकाली ,ढोका पुन र जिना श्रेष्ठको सक्रियतामा आर्थिक सहयोग जुटाईएको हो । उनीहरुले आफ्नो वडाबाट ४६ हजार १ सय ५० रुपैया आर्थिक संकलन गरी पीडित परिवारलाई… पुरा पढौ

मुस्ताङको जोमसोममा आगोलागी हुदा ७० लाख क्षति

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर –४ जोमसोममा शनिबार राति एक घरमा आगोलागी हुदा करिव ७० लाख बरामरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । स्थानीय मनोज गोतामेको घर भाडामा लिई फेन्सी पसल संञ्चालन गरेकी स्थानीय सोममाया ल्वागुनको पसलमा गएराति १० बजे आगोलागी भएको प्रहरी निरीक्षक बिनोद सुवेदीले जानकारी दिए । फेन्सी पसलमा बिद्युत सट भई आगोलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीको अनुमान छ । आगोलागीबाट… पुरा पढौ

नेपाल आईडलमा संस्कृति पस्कदै नेशन पुनमगर

नेपाल आईडल गायन रियालिटी शोको तेश्रो संस्करणमा पोखरा पुनः यसपटक पनि उपाधि होडमा छन् । जारी संस्करणको ८ जना प्रतिस्पर्धी मध्ये रचना रिमाल बाहिरीएपछि अब ७ जना प्रतिस्पर्धी बाकी छन् । आईडल शो मा प्रतिस्पर्धीले गायन कौशलता ,योग्यता ,दक्षता र क्षमता प्रस्तुत गरी आफुलाई अब्बल सावित गर्ने होडमा छन्। काठमान्डौंपछि पोखरा एक सांङ्गितक दृष्ट्रिकोणले अग्रस्थानमा छ । पोखराका साङ्गिितक साखका लागि यसअघिको नेपाली तारा को प्रथम संस्करणमा पोखराका धर्मेन्द्र सेवान… पुरा पढौ

करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध

जोमसोम– मुस्ताङमा एक मात्र क्याम्पस छ ,त्यो हो सदरमुकाम जोमसोममा अवस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पस । जिल्लाका धेरै गरिव र विपन्न जनताका छोराछोरीलाई उच्चशिक्षाका लागि भोग्दै आएको आर्थिक समस्य र दुःखलाई सम्वोधन गर्दै मुस्ताङी एक बृद्ध बुढी आमाले एक करोड बढी क्याम्पस स्थापनाका लागि दान गरिन् । उनकै सहयोगले अहिले जिल्लामा ब्याचलर सम्मको पढाई संञ्चालन भईरहेको छ । क्याम्ससले उक्त पैसा अक्षयकोष स्थापन गरेर शिक्षकलाई तलब भत्ताको जोहो गरेको छ… पुरा पढौ

एक्यापको सक्रियतामा टिटी ताल सरसफाई

धार्मिक तथा जैविक महत्वको पर्यटकीय गन्तब्य टिटी तालको बिहिबार सरसफाई भएको छ । नेपाल भ्रमण बर्षको उपलक्ष्यमा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले फोहोर व्यवस्थापन गरेको हो । ताल सरसफाईमा डिभिजन बन ,स्याउ जोन ,जोमसोम नागरिक उड््यन ,नेपाली सेना ,बन उपभोक्ता समिति र स्थानीय लगायतको सहकार्य गरे । सरोकारवालाको करिव एक सय जना जनशक्तिले तालको चारैतिर फोहोर मैला व्यवस्थापन गरेको एक्याप जोमसोमले जनाएको छ । साथै एक्यापले टिटी तालमा २ वटा… पुरा पढौ

रामकृष्णटोल नेवा मिसा पुचःको रक्तदान

पोखराको रामकृष्णटोल नेवा मिसा पुचःले बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । नेवा मिसा पुचः कासकीकी अध्यक्ष मेनुका श्रेष्ठले संस्थाकी सदस्य नम्रता श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेकी थिइन् । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि मेनुकाले रक्तदान जत्तिको महत्वपूर्ण धर्म अन्य हुन नसक्ने भन्दै यस्ता पवित्र कामले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् । संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पार्वती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं