बेनी जोमसोम सडक खन्नका लागि प्रयोग भएको स्काभेटर सोमबार साझ ५ बजे कालिगण्डकी नदीमा खसेको छ।
मुस्ताङको थासाङ गाउँपालिका ४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए।
सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको हो । दुर्घटनामा स्काभेटरका अपरेटर सिन्धुपाल्चोक जिल्ला घर भएका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको छ।
ना ६ ख ४०८१ नम्बरको यात्रुबाहक बसमा समेत सुख्खा पहिरोले क्षति पुर्याएको छ । बसभित्र रहेका करिब १९ यात्रु मध्ये १ जना सामान्य घाइते भएका छन्।




