रामकृष्णटोल नेवा मिसा पुचःको रक्तदान

पोखराको रामकृष्णटोल नेवा मिसा पुचःले बुधबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

नेवा मिसा पुचः कासकीकी अध्यक्ष मेनुका श्रेष्ठले संस्थाकी सदस्य नम्रता श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि मेनुकाले रक्तदान जत्तिको महत्वपूर्ण धर्म अन्य हुन नसक्ने भन्दै यस्ता पवित्र कामले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पार्वती माकाजूले स्वागत र सचिव रेनु लिगलले सञ्चालन गरेकी थिइन् ।

पश्चिमाञ्चल क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

Image may contain: 5 people
Image may contain: 4 people, including Kalpana Shrestha