पोखरामा भीषण वर्षा भएको छ । आज मंगलबार साँझ ४ बजेदेखि वर्षा भएको हो । वर्षासंगै असिना र हावाहुरी पनि चलेको छ ।
३ बजेसम्म टन्टलापुर घाम लागेको पोखरामा ३ बजेदेखि मौषम परिवर्तन भई मेघ गर्जनसहित वर्षा भएको हो । वर्षा हुनु अघि ठूलो चट्यांकको आवाज समेत आएको थियो ।
यो समाचार तयार पार्दा अर्थात साँझ ५ः१५ बजेसम्म विजुली चम्कने, मेघ गर्जन र असिनासहित वर्षा भइरहेको छ । दिनभर घर्मी महसूस भएको पोखरामा यतिबेला भने चिसो महसूस भएको छ ।
यतिबेला पोखराको मौषम निकै अँध्यारो पनि भएको छ ।




