अल नेपाल होमियोप्याथिक एसोसिएशन, गण्डकी प्रदेशको अध्यक्षमा डा. विष्णुप्रसाद चापागाइँ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट डा. चापागाइँ अध्यक्षमा निर्वाचित भएका हुन् । पोखराको पञ्चम आयुर्वेद क्लिनिक र आरोग्यधाम होमियोप्याथिक अस्पतालका सञ्चालक चापागाइँ संस्थामा यसअघि उपाध्यक्ष थिए । अधिवेशनबाट उपाध्यक्षमा डा. दीलिप पाण्डे, सचिवमा डा. कृष्णप्रसाद पोख्रेल, सहसचिव चन्द्रा गुरुङ, कोषाध्यक्षमा टेकमाया गुरुङ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जयनारायण चापागाईं, रमेश चापागाईं,…
पुरा पढौ