कोरोनाबाट सचेत रहन मुस्ताङ प्रशासनको अनुरोध

उत्तरी छिमेकी देश चिनको वुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोना अर्थात कोभिड–११ ले विश्व समुदायलाई प्रभावित तुल्याएको छ । विश्वव्यापी फैलिएको कोरोनाले हालसम्म ३ हजार बढीको ज्यान गईसकेको छ । विश्वका १ सय ४ देशमा कोरोना देखिएको हो ।
नोवल कोरनासंग लड्न अहिले विश्वका सबैजसो देशले आफ्नै प्रकारले कोरोना नियन्त्रण गर्न रणनीती बनाई रहेका छ । विश्व स्वास्थ्य संगठन ( डब्लु. एच. ओ. )ले नेपाल कोरनाको उच्च जोखिममा रहेको जनाएपछि नेपालमा यसको रोकथाम गर्न सरकारले यसको पहल थालेको छ ।
पछिल्लो समय कोरनाको सन्त्रास नेपालभर फैलिएको छ । सरकारले पर्यटन बर्ष २०२० समेत रद्द गरेको छ भने संघ ,प्रदेश र स्थानीय सरकारले कोरना जोखिमबाट सचेत रहन स्वास्थ्य जनसचेतना र आवश्यक पूर्वाधारका योजना अघि बढाएको हो । मुस्ताङका ५ स्थानीय तहले कोरना जोखिम न्युनिकरण गर्न औपचारिक कार्यक्रम घोषणा गर्न सकेका छैनन् । तर, जिल्ला प्रशासन कार्यालय मुस्ताङले भने कोरना भाईरसबाट सचेत रहन जिल्लाबासीलाई बिज्ञप्ती जारी गरी सजग रहन आग्रह गरेको छ ।
उत्तरी छिमेकी देश चिनसंग सीमा जोडिएको हिमालपारीको जिल्ला मुस्ताङका अधिकांश स्थानीय हिउँदयामको जाडो छल्न बाहिरिन्छन् । यसमा कतिपय मुस्ताङी भारतका विभिन्न स्थानमा व्यापार गर्न पुग्छन् । जाडो छल्न कार्तिकमा झरेका मुस्ताङीहरु मंसिर ,पुस र माघ महिना कटेपछि जिल्ला फर्कन्छन् । बशन्त ऋतुसंगै गर्मीयाम सुरु भईसकेकाले यो समयमा मुस्ताङमा पर्यटकको चहलपहल हुने गर्छ ।
स्थानीय प्रशासनले जिल्ला बाहिरीएका मुस्ताङी जिल्ला फर्कने र मुस्ताङमा आउने पर्यटकबाट कोरोना सर्नसक्ने संम्भावित खतरा रहेकाले उचित समाधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए । उनका अनुसार कोरनाबाट सचेत रहन ,व्यक्तिगत सरसफाईमा ध्यान दिन , खोकी हाच्छियू गर्दा रुमाल प्रयोग गर्न , भीडभाडमा नजान , अण्डा र मासुजन्य पदार्थ राम्ररी पकाएर खान अनुरोध गरिएको हो । प्रशासनले जरो ,खोकी,स्वाशप्रश्वास समस्या लगायतका समस्या देखिए स्वास्थ्य चेकजाच गर्न विज्ञप्तीमा भनीएको छ ।
यसअघि स्थानीय प्रशासन तथा स्थित स्वास्थ्यकेन्द्रहरुले कोरोनाबाट सचेत रहन पर्चा पम्प्लेट वितरण गरेको थियो ।

फोटो क्याप्सन ः
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको कोरना सचेतना बिज्ञप्ती ।