गण्डकी सेरोफेरो

चितुवाको आक्रमणबाट वन अधिकृतसहित ३ घाइते

पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित ३ घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहानको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् । स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको… पुरा पढौ

कास्कीमा धारिलो हतियार प्रहारबाट १ घाइते

कास्कीमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । सोमबार बिहान अन्नपुर्ण गाउँपालिका ३ पाउदुर बस्ने ३३ वर्षिय रामजी बि.क.लाई सोही गाउपालिका बस्ने ३५ वर्षिय लक्ष्मण बि.क.ले सामान्य विवादमा धारिलो हतियारले निधारमा प्रहार गर्दा घाईते भएका हुन् । घाईतेको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने लक्ष्मणलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

घरपझोङमा क्षमता विकास कार्यशाला

राष्ट्रि«य प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत मुस्ताङको घरपझोङ–४ जोमसोममा आईतबार देखि ३ दिने क्षमता विकास कार्यशाला सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा संम्वद्ध पदाधिकारीहरुको क्षमता अभिबृद्धि कार्यशाला संञ्चालन गरिएको जनाईएको छ । घरपझोङ गाउपालिकाको आयोजना तथा अमेरिकी सहयोगी संस्था युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा संञ्चालित क्षमता विकास कार्यशालामा घरपझोङमा रहेका विद्यालयहरुले सहभागीता जनाएका छन् । ३ दिने कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका नीति ,रणनीति कार्यक्रम र… पुरा पढौ

कास्कीमा ५ रेक्टरको भूकम्प

कास्कीमा ५ रेक्टरको भूकम्प धक्का महसुस भएको छ। कास्कीको लुम्लेलाई केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र काठमाडौले पुष्टि गरेको छ। ८ : ४६ गएको भुकम्पका कारण कास्की र आसपासको क्षेत्रमा जिल्लामा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्धारा रक्तदान

पोखरा स्थित विभिन्न अस्पतालमा भएको रगत अभाव तथा कोरोना भाईरसको संक्रमणका कारण आगामी दिनमा हुनसक्ने रगत अभावलाई मध्यनजर गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शनिबार पोखरा महानगरपालिका-४ चिप्लेढूगा स्थित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद व्यवस्थापन शाखाको संयोजन तथा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको प्रावधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा अन्य आम… पुरा पढौ

विमानस्थल कोरोना हेल्थ डेस्कलाई काँग्रेस भाृतसंगठनको उपकरण सहयोग

नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ मुस्ताङले शनिवार जोमसोम विमानस्थलमा संञ्चालन भएको कोरोना हेल्थ हेस्कलाई जरो नाप्ने उपकरण सहयोग गरेको छ । विश्वका १ सय २४ भन्दा बढी राष्ट्रमा फैलिएको नोवल कोरोना – कोभिड –१९ ) संक्रमण जिल्लामा प्रवेश गर्न नपाओस भन्ने उद्देश्यले संञ्चालन गरिएको हेल्थ डेस्कलाई करिव १३ हजार मुल्य बराबरको जरो नाप्ने डिजिटल थर्मोमिटर सहयोग गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको हेल्थ… पुरा पढौ

मन्त्री ढकालको अभिव्यक्तिप्रति नेविसंघको आपत्ति, हल्लाको पछि नलाग्न आग्रह

नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना भाइरस सम्बन्धी पछिल्लो अभिव्यक्ति विवादमा परेको छ । मन्त्री ढकालले केही दिन अघि कोरोना संक्रमित सबै नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने र उपचारको जिम्मेवारी सरकारले नलिने बताएका थिए । उनको यो भनाईको सर्वस्त्र आलोचना भएको छ । यसैक्रममा नेपाला विद्यार्थी संघले पनि मन्त्री ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघका कास्की अध्यक्ष विक्रमादित्य सिंह गिरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीको भनाईप्रति आपत्ति जनाएका हुन्… पुरा पढौ

हेल्थ डेस्क स्थापना गछौं ः अध्यक्ष फेञ्चोक छेप्तेन

विश्वभर फैलिएको नोवल कोरोना भाईरस ¬(कोभिड–१९ ) रोकथामका लागि हेल्थ डेस्क स्थापना गरिने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ –धाराले बताएका छन् । अध्यक्ष छेप्तेनले मंगलबार फेसबुक भिडियोमा जतिसक्दो चाडो हेल्थ डेस्क प्रक्रियालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्यक्ष छेप्तेनले स्थानीय प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको बहुसरोकारवाला बैठकले गरेको निर्णयलाई स्वागत गर्दै अबिलम्ब हेल्थ डेस्क संञ्चालन तर्फ पहल गर्ने जनाएका हुन् । उनले… पुरा पढौ

कोरोनाबाट सचेत रहन मुस्ताङ प्रशासनको अनुरोध

उत्तरी छिमेकी देश चिनको वुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोना अर्थात कोभिड–११ ले विश्व समुदायलाई प्रभावित तुल्याएको छ । विश्वव्यापी फैलिएको कोरोनाले हालसम्म ३ हजार बढीको ज्यान गईसकेको छ । विश्वका १ सय ४ देशमा कोरोना देखिएको हो । नोवल कोरनासंग लड्न अहिले विश्वका सबैजसो देशले आफ्नै प्रकारले कोरोना नियन्त्रण गर्न रणनीती बनाई रहेका छ । विश्व स्वास्थ्य संगठन ( डब्लु. एच. ओ. )ले नेपाल कोरनाको उच्च जोखिममा रहेको जनाएपछि… पुरा पढौ

कोरोना संक्रमण रोक्न मुस्ताङ पनि तातियो

पछिल्लो समय विश्वकै चिन्ताको बिषय बनेको नोवल कोरोना भाईरस (कोभिड–१९ ) संक्रमण रोक्न हिमाली जिल्ला मुस्ताङमा पनि तातिएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको बढी मात्रामा आगमन हुने भएकाले यसको उच्चसर्तकता अपनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लामा कोरोना भित्रिन नदिन रणनितिक आधार तयार पारेका छन् । जिल्लाका ५ वटै गाउँपालिकाका जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकाय सम्मिलित बैठकले ३… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं