ला ग्रान्डी कलेजमा कोरोना सचेतना

पोखरा सिमलचौरमा रहेको ला ग्रान्डी इन्टरनेसनल कलेजले कोरोना भाइरस महामारी र यसको रोकथामबारे पोखराका बिभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरेको छ । समुदायका लागि ग्रान्डी भन्ने नाराका साथ कलेजको विद्यार्थी क्लब आइडियाज फर लाग्रान्डी र बिपिएच विभागको संयोजकत्वमा कार्यक्रम भएको हो ।

समुदायप्रतिको उत्तरदायित्व वहन गर्दै कार्यक्रम गरिएको बिपिएच संकायका कार्यक्रम संयोजक केशवराज अधिकारीले बताए । बिरौटा, सृजनाचोक, पृथ्वीचोक, पोखरा बसपार्क, चिप्लेढुंगा हरिचोक र हेमजामा सचेतना ब्यानर टाँस गर्नुका साथै पर्चा वितरण गरिएको छ । विद्यार्थी क्लबका सभापति प्रबिना ठकुरी, उपसभापति जीवन भण्डारी लगायतको सहभागितामा भएको कार्यक्रम संयोजन सागरजंग कुवरले गरेका थिए ।

स्नातक तहको बिपिएच, बिसिए र बिबिए अध्यापन हुने कलेजले बिभिन्न समयमा आवश्यकता अनुसार विद्यार्थीको सहभागितामा सामाजिक कार्यक्रम गर्दै आएको प्रिन्सिपल किरण केसीले बताए ।