खोप अभियान स्थगित

पोखरा महानगरमा दादुरा रुबेला खोप अभियान स्थगित भएको छ । कोरोनाको त्रासका कारण महानगरमा अभियान रोकिएको हो ।

आइतबार महानगर मेयर मानबहादुर जिसीको अध्यक्षतमा बसेको बैठकले स्थिति सामान्य नभएसम्मका लागि अभियान स्थगित गरेको हो ।स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले अभियान रोकिएको पुष्टि गर्दै अवस्था सामान्य भएपछि अभियान सुर हुने जनाए । कास्कीमा ५० हजार बालबालिकालाई २ चरणमा खोप दिने तयारी थियो ।