कोराना संक्रमणबाट आइपर्न सक्ने संकटको मुकाबिला गर्न सिद्धार्थ क्लब पोखराले सित्तमै एम्बुलेन्स सेवा दिने भएको छ ।
क्लबका व्यवस्थापन प्रमुख सुशील पराजुलीले चैत १० देखि २१ गतेसम्म पोखराभित्र सित्तैमा एम्बुलेन्स सेवा उपलब्ध गराइने जानकारी दिए । उनले यो अवधिमा अत्यावश्यक परे सेवा लिन ९८५६०३६०३८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।





