तार चुडिँदा कर्मचारी घाइते, उपचार लागि काठमाडौं लगियो

पोखरा १० कुँडहरमा शनिबार भएको दुर्घटनामा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका छन् । दिउँसो सबा २ बजेतिर कुँडहरचोकको ३२ केबी लाइनको तार चुडिँदा विद्युतका कर्मचारी टीकाराम तिमिल्सिना घाइते भएका हुन् ।

पोखरा १८ सराङकोट बस्ने ५४ वर्षीय तिमिल्सिनाको उद्धार गरी उनलाई गण्डकी अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । तिमिल्सिनाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको रेग्मीले जानकारी दिए ।