चैत्र १३ गते २०७६

ताजा समाचार

चैत्र १३ गते २०७६

पोखरामा सडकपेटीका बृद्धबृद्धाको उद्दार



पोखराका सडक पेटीमा बस्ने बृद्धबृद्धाहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले उद्धार गरेको छ । कोभिड –१९ कोरोना भाईरस विश्भर फैलिएर जोखिम बढेको अवस्थामा कास्की प्रहरीले जोखिम रुपमा पोखराको सडक पेटीमा बसेका बृद्धबृद्धारुलाई उद्धार गरेको हो ।

सडकपेटीमै बस्ने र रात बिताउँने ३ जना पुरुष र २ जना महिलालाई सडकपेटीबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता प्रनाउ राजकुमार केसीले बताए ।

राम्रो खानपिन र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ्य अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरोना भाइरसबाट बढि जोखिम हुने गर्दछ । कास्की प्रहरीले यस अघि पनि पोखराको सडकमा रहेका बृद्धबृद्धालाई मानव सेवा आश्रम, जिल्ला प्रहरी कार्यालय कास्की लगायनले उद्धार गर्दै आएका छन् ।