गण्डकी सेरोफेरो

मुस्ताङ ः लकडाउन अफर खेलकुद

जोमसोम–विश्वलाई आतंकित तुल्याएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले मुलुक डाउन गरेको छ । लक डाउन अघि सरकारले कोरोनाकै कारण शैक्षिक संस्था बन्द ग¥यो ।अहिले मुस्ताङका ५५ वटा सामुदायिक विद्यालय बन्द छन् । सरकारले मुलुकभर सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरेपनि मुस्ताङ सदरमुकाम जोमसोममा स्कुले वालवालिका भने खेलकुदमा रमाउन थालेका छन् । जोमसोम गुम्बाको प्राङ्गणमा स्कुले वालवालिका फुटबल खेलेर दिन कटाउन थालेका हुन् । घरभित्र बस्दा… पुरा पढौ

माटोले पुरिदा १ जनाको मृत्यु

आइतबार दिउसो लमजुङमा माटोले पुरिँदा १ को ज्यान गएको छ । दिउसो २ बजेतिर दोर्दी गाउँपालिका ९ टक्सारमा स्थाममा घर बनाउनको लागि ढुङगा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिँदा गमबहादुर विकको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षका विकलाई उद्दार गरी जिल्ला सामुदायिक अस्पताल बेशीशहर लमजुङ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पुरा पढौ

लकडाउनमा किस्चियनको सत्संगमा रोक

भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी घरमै बस्ने निर्देशनसहित जारी भएको लकडाउन कतै कतै उल्लंघन पनि भइरहेको छ । बागलुङको गलकोट नगरपालिकामा क्रिस्चियन धर्मावलम्बीहरुले संत्संगको नाममा भेला गरेका छन् । गलकोट २ ठानको कमला दर्जीको घरमा सत्संगको नाममा भेला भएका महिलालाई अबदेखि भेला नहुन निर्देशनसहित घर फर्काइएको छ । वडा प्रहरी कार्यालय र प्रहरी चौकी नरेठाँटीको टोलीले भेला रोकेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । यसअघि लकडाउनकै बेला पोखरा… पुरा पढौ

मुस्ताङमा कोरोना कमाण्ड पोष्ट गठन

मुस्ताङमा (कोभिड–१९) कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकार्यलाई थप तिब्रता दिलाउन जिल्ला स्तरीय कोरोना कमाण्ड पोष्ट गठन भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेका विभिन्न सरोकारवाला निकायको बैठकले हाल विश्वप्यापी फैलिएको कोरोना रोकथाम ,नियन्त्रण र यसको उचित व्यवस्थापन गर्न जिल्ला स्तरीय कमाण्ड पोष्ट गठन भएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रतिकार्यका लागि कमाण्ड पोष्ट गरेको हो । कमाण्ड पोष्टको सदस्यमा जिल्ला सुरक्षा समितिका… पुरा पढौ

मुस्ताङको लेतेमा अलपत्र पर्यटकलाई सांसदले दिए बस्न फ्री

नोवल कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण मुस्ताङको लेतेमा अलपत्र परेका केही पर्यटकलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले बस्न फ्रीको सहुलियत दिएका छन् । राउण्ड अन्नपूर्ण पदयात्रा गर्दै बुधबार मुस्ताङको लेते पुगेका पर्यटक पथप्रर्दशकसहित १५ जना पर्यटकलाई अर्को व्यवस्था नभएसम्म बस्न फ्री उपलब्ध गराएको लजका प्रोपाईटर अमित तुलाचनले जानकारी दिए । मुस्ताङको थासाङ–४ लेते स्थित सियु लजमा अलपत्र परेका जर्मनका ६ जना , मेस्सिकोका १… पुरा पढौ

मुस्ताङः वारागुङको तिरी र फल्याक गाउँ पस्न रोक

सरकारले हाल विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड–१९ ) नियन्त्रण गर्ने उद्देश्यले मुलुकभर एकसाताका लागि लक डाउन गरेको छ । पछिल्लो समय कोरोनाको संम्भावित त्रास बढेपछि देश बिदेशका प्रवासी नेपालीहरु गृह गाउ फर्किएका छन् । कोरोनाकै कारण अझै गाउ फर्किने क्रम रोकिएको छैन । सरकारले लक डाउन गरेपनि गाउ भित्रिने नयाँ अनुहार नरोकिएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ४ र ५ ले गाउनै पस्न नपाईने गरी नियम बनाएका… पुरा पढौ

पोखरामा सडकपेटीका बृद्धबृद्धाको उद्दार

पोखराका सडक पेटीमा बस्ने बृद्धबृद्धाहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले उद्धार गरेको छ । कोभिड –१९ कोरोना भाईरस विश्भर फैलिएर जोखिम बढेको अवस्थामा कास्की प्रहरीले जोखिम रुपमा पोखराको सडक पेटीमा बसेका बृद्धबृद्धारुलाई उद्धार गरेको हो । सडकपेटीमै बस्ने र रात बिताउँने ३ जना पुरुष र २ जना महिलालाई सडकपेटीबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता प्रनाउ राजकुमार केसीले बताए । राम्रो खानपिन र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ्य अवस्थाका त्यस्ता… पुरा पढौ

बागलुङको कोरोना सचेतना

नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गरेको छ। बागलुङमा पनि कोरोना बाट बच्न सबै सचेत बनेको देखिन्छ । काेराेना भाईरसबाट बच्न र फैलन नदिन जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग वाणिज्य संघ बागलुङ काे संयुक्त प्रयास मा तरकारी खरिद गर्न जाँदा र विक्री गर्दा सामाजिक दुरी अपनाउनु पर्ने नत्र पसल खाेल्न नपाउने प्रहरी प्रमुख नवराज भट्टले बताउनु भयाे । तस्बिरमा बागलुङको कोरोना सचेतना… पुरा पढौ

मुस्ताङ ःलक – डाउन अवधिमा आपत्कालिन सेवा,रमेशले बुझाए सिडिओलाई जिपको चाँवी

हालै उत्पन्न नोवल कोरोना – कोभिड–१९ ) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले आज बुधबार देखि मुलकभर एक साताका लागि लक डाउन गरेको छ । लक डाउनसंगै अहिले देश ठप्प छ ,जनता त्रासमा छन् । सरकारले कोरोना नफैलियोस् भन्ने उद्देश्यले लक डाउन गरेको हो । यस अवधिभर मुलुकभर चल्ने सार्वजनिक तथा निजी यातायातका साधन चलाउन नपाईने उल्लेख गरेको छ । सरकारले दैनिक अतिआवश्यकीय सेवा बाहेक अन्य प्रयोजनमा सवारी चलाउन बन्देज… पुरा पढौ

कोरोना त्रास ः धमाधम घर फर्किए मुस्ताङी

विश्वभर महामाारीका रुपमा फैलिदै गएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोग संक्रमण रोग देखि भयभीत हुदै जिल्ला बाहिर बस्ने मुस्ताङीहरु गृह जिल्ला फर्कन थालेका छन् । पछिल्लो समय दक्षिणको छिमेकी देश भारतमा समेत यस रोगको महामारी फैलिएकाले महामारीबाट बच्न मुस्ताङीहरु धमाधम काठमान्डौं पोखरा,बुटवल र भेरहवा लगायतका स्थानबाट पूख्यौलीथलो फर्किएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङका तेन्जिङ गुरुङ हाल काठमान्डौ स्वम्भु बस्छन् । उनी सोमबार आफना १४ जना गुम्बाका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं