माटोले पुरिदा १ जनाको मृत्यु

आइतबार दिउसो लमजुङमा माटोले पुरिँदा १ को ज्यान गएको छ ।

दिउसो २ बजेतिर दोर्दी गाउँपालिका ९ टक्सारमा स्थाममा घर बनाउनको लागि ढुङगा निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिँदा गमबहादुर विकको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षका विकलाई उद्दार गरी जिल्ला सामुदायिक अस्पताल बेशीशहर लमजुङ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।