लकडाउनमा किस्चियनको सत्संगमा रोक

भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी घरमै बस्ने निर्देशनसहित जारी भएको लकडाउन कतै कतै उल्लंघन पनि भइरहेको छ । बागलुङको गलकोट नगरपालिकामा क्रिस्चियन धर्मावलम्बीहरुले संत्संगको नाममा भेला गरेका छन् ।

गलकोट २ ठानको कमला दर्जीको घरमा सत्संगको नाममा भेला भएका महिलालाई अबदेखि भेला नहुन निर्देशनसहित घर फर्काइएको छ । वडा प्रहरी कार्यालय र प्रहरी चौकी नरेठाँटीको टोलीले भेला रोकेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।

यसअघि लकडाउनकै बेला पोखरा महानगरको लेखनाथमा प्रभुको कृपाले कोरोना नलाग्ने भन्ने भ्रामक प्रवचन दिने पास्टरलाई प्रहरीले पक्रेको थियो ।