मंगलबार दिउँसो करेन्ट लागेर तनहुँमा १ जनाको ज्यान गएको छ । दिउँसो साढे १ बजेतिर शुक्लागण्डकी नगरपालिका ११ नासिकोट बस्ने ३५ वर्षका गोबिन्द आलेलाई मिटर जोड्ने क्रममा अचानक करेन्ट लागेको हो ।
घाईते आलेलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा ल्याएकोमा सबा ३ बजे डाक्टरले मृत घोषित गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




