उपल्लो मुस्ताङबाट निर्वाचित प्रदशेसभा सदस्य माननीय ईन्द्रधारा बिष्ट गण्डकी प्रदेशका एक सांसद हुन् । सांसद अघि उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि समर्पित रहदै आएका बिष्ट उपल्लो मुस्ताङका एक होनाहार जन हस्ती पनि हुन् ।
उनले सांसद हुनुपूर्व १६ वटा युवा क्लवको अगुवाई गथ्र्ये र त्याहाका युवालाई प्रोत्साहन र उर्जा भर्ने काम गथ्र्ये। स्थानीय खेलकुदको विकास तथा सामाजिक र सास्कृतिक उत्थानमा उनको योगदान उपल्लो मुस्ताङका लागि अतुलनीयनै छ
तिनै उपल्लो मुस्ताङी जननताको अपार माया र आत्मविश्वासले हौसिएका बिष्ट गण्डकी प्रदेशका एक बिधायक पदमा छन् । अहिले उनी पोखरामा छन् ,तर उनको तन ,मन र ध्यान गाउतिरै फर्किने गरेको छ । हाल विश्वभर देखिएको नोवल कोरोना भाईरसको संम्भावित संक्रमण रोगले उपल्लो मुस्ताङलाई ढपक्क गाल्ने होकी भन्नेमा उनमा एउटै चिन्ता थपिएको छ। उनी भन्छन् ,‘पोखरामा बसेको ,गाउलाई सहयोग गरेनन्की भन्ने लाग्योकी ,’उनले, ’ भने म त्यही गाउ मान्छे हु जसले मलाई यो स्थान सम्म पु¥यायो ।’
हिउदयाममा बेशी झरेका मुस्ताङीहरु कोरोना भाईरसका कारण सरकारले लगाएको लकडाउनले बेलैमा गाउ फकिैन सकिरहेका छैनन् ।उनी जनता बिषम अवस्थामा गाउ फर्कर्न नपाएकोमा दुःखी छन् । उनले यो कोरोनाको संक्रमणकालिन अवस्थामा गाउबासीलाई चाहेर पनि गाउ फर्काउन नसकेको क्षमा समेत मागेका छन् । उनले पोखरामा कोरोनाको बिद्यमान अवस्था बारे स्थानीयलाई सुझाउने गरेको जानकारी दिए ।
उनले उपल्लो मुस्ताङका धनीमानी सहरमा घर भएको तर हिउदे व्यापारमा निस्किएका निमुखा जनताको आश्रय समेत नभएकाले पोखरामा बिचल्ली परेको सुनाए । यो समय गाउमा‘गाउमा खेतीपाती समय भएको उनको जनाए ।‘ जनता पोखरामा अड्किएका छन् ,कोरोनोको जताततै जोखिम छ ,गाउ पु¥याउन सक्ने अवस्था रहेन ।’ सांसद बिष्टले नेपाल दुतलाई दुखेसो सुनाए ।
उपल्लो मुस्ताङीहरु सयौका संख्यामा पोखरामा रहेको र उनीहरुको सक्दो व्यवस्थापन गर्नतर्फ आफु कटिबद्ध भएर लागिपरेको उल्लेख गरे । उनले सरकारले गरेको लक डाउन फुकुवा भएपछि गाउ फर्काउन पहल गर्ने जानकारी दिए ।
दिए मास्क र सेनेटाईजर
सांसद ईन्द्रधारा बिष्टले जिल्लाका सुरक्षाकर्मी ,कर्मचारी र पत्रकार लगायतलाई कोरोना संक्रमणबाट जोगिन मास्क र सेनेटाईजर उपलब्ध गराएका छन् ।
उनले जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मी ,राष्ट्र सेवक कर्मचारी र स्थानीय पत्रकारलाई समाचार संम्प्रेषणमा सहज पु¥याउन १ हजार थान मास्क र केही सेनेटाईजर उपलब्ध गराएका हुन् । उक्त सामाग्री मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालको रोहबरमा महेन्द्रबहादुर थकालीले हस्तान्तरण गरेका छन् । सांसद बिष्टले कोरोना संक्रमणबाट सर्तक रहन जिल्लाबासीलाई समेत अनुरोध गरेका छन् ।





