चैत्र १६ गते २०७६

ताजा समाचार

चैत्र १६ गते २०७६

मुस्ताङ ः लकडाउन अफर खेलकुद



जोमसोम–विश्वलाई आतंकित तुल्याएको नोवल कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले मुलुक डाउन गरेको छ । लक डाउन अघि सरकारले कोरोनाकै कारण शैक्षिक संस्था बन्द ग¥यो ।अहिले मुस्ताङका ५५ वटा सामुदायिक विद्यालय बन्द छन् ।
सरकारले मुलुकभर सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरेपनि मुस्ताङ सदरमुकाम जोमसोममा स्कुले वालवालिका भने खेलकुदमा रमाउन थालेका छन् । जोमसोम गुम्बाको प्राङ्गणमा स्कुले वालवालिका फुटबल खेलेर दिन कटाउन थालेका हुन् । घरभित्र बस्दा पट्यारो लाग्ने र शरिर समेत सुस्त हुने भन्दै उनीहरु खेल खेल्न आएको उनीहरुको भनाई छ ।
सधै जसो गुल्जार हुने मुस्ताङ सदरमुकाम जोमसोम बजार अहिले सुनसान छ । स्थानीय प्रशासनले अतिआवश्यकीय सेवा बाहेक अरु सबै बन्द गर्न र स्थानीयलाई घरभित्रै बस्न सुझाएपछि जोमसोम बजार सुनसान बनेको हो
।मुस्ताङमा यो समय पर्यटकको व्यापक चहलपहल हुने समय हो । जैविक प्रजातीको कोरोना भाईरसको प्रभावले मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएको हो । म्याग्दी र मुस्ताङको सीमा नाका अतिआवश्यकीय सेवा बाहेक ठप्प पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
फोटो क्याप्सन ः
लक डाउन छल्न खेलकुद ः तस्विर ःsk thakali