लोघेकरमा आपतकालिन सेवा, व्यवसायी घ्याङ तेन्जिङले दिए वडालाई जीप

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिकामा निःशुल्क आपतकालिन यातायात सेवा संञ्चालनमा ल्याएको छ ।

विश्वमै फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै सरकारले एकसाता अघि देखि मुलुकभर गरेको लक डाउनले सर्वसाधारण समस्यामा परेपछि लोघेकर–३ बस्ने यातायात व्यवसायी घ्याङ तेन्जिङ गुरुङले वडा अध्यक्ष सम्तेन धावा गुरुङलाई आफ्नो निजी जीप हस्तान्तरण गरेका हुन्। लक डाउन अवधिमा दैनिक अतिआवश्यकी सेवा बाहेक सबै सेवा तथा निकाय बन्द भएकाले आफ्नो जीप पालिकाबासीको सेवा गर्न दिएको व्यवसायी घ्याङ तेन्जिङ गुरुङले बताए ।
लक डाउनका कारण हिमाली जिल्लाका दुरदराजका गाउका स्थानीयले एकसाता अघि देखि विभिन्न सास्ती भोग्न बाध्य भए । लक डाउनले तल्लो मुस्ताङमा सार्वजनिक सवारी साधन चल्न ठप्पै छ ।
लक डाउन अवधिमा दुरदराजका गाउका स्थानीय कोही बिरामी पर्दा र ईमजेन्सी आउजाउ गर्न व्यवसायीले सवारी साधन उपलब्ध गराएको वडाअध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए ।
लोघेकर दामोदरकुण्डा गाउपालिका भित्र निशुल्कआपतकालिन सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्नहुन वडा अध्यक्ष धावाले पालिकाबासीलाई अनुरोध गरेका छन् ।
सम्पर्क ः
चालक ः प्रेम बुढामगर
मोवाईल ः९८४७७२०५३५
वडाअध्यक्ष सम्तेन धावा गुरुङ
९८५७६५०३२७