मुस्ताङमै छैन माक्स

जोमसोम– हिमाली जिल्ला मुस्ताङमा मास्कको हाहाकार देखिएको छ । जिल्लामा मास्क अभाव भएसंगै मुस्ताङका सर्वसाधारणले माक्स प्रयोग गर्न बञ्चित भएका हुन् ।
विश्वभर कोरोना त्रास बढेको र मुलुक लक डाउन भएकाले जिल्लामा सर्जिकल मास्कको अभाव भएको हो । स्थानीयले सर्जिकल माक्स किन्न नपाएपछि कतिपयले बैकल्पिक मास्क प्रयोग गर्न बाध्य भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ,अस्पताल ,स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य ईकाईहरुमा समेत माक्सको अभाव देखिएको हो स्थानीय तहका स्वास्थ्य शाखामा समेत मास्क अभाव छ । केहीले भने बजारमा खोजेर जिल्ला पठाउने तैयारी समेत गरेका छन् ।
जिल्ला अस्पताल जोमसोममा अस्पतालका स्वास्थ्यकर्मी र आईसोलेसनमा आउन सक्ने बिरामीका लागि माक्स लगायतका सामाग्री संञ्चय गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन शिव भण्डारीका अनुसार हाल अस्पतालमा ५ सय २० थान मास्क ,नर्मल सेनेटाईजर १० ली. ,ब्रान्ड सेनेटाईजर ५ ली. ,हातमा लगाउने पञ्जा (ग्लोब्स ) १ हजार पिस र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) १३ वटा छन् । उक्त सामाग्रीहरु स्वास्थ्यकर्मी ल्यावका स्वास्थ्यकर्मी ,आईसोलेसनका बिरामीलाई छुट्याएको सुपरिटेन्डेन भण्डारीले उल्लेख गरे । उनले अस्पतालमा भएको १३ वटा पीपीई मध्ये ६ वटा पुनः प्रयोग गर्न मिल्ने जनाए । उनले अस्पतालमा भएको कोरोना संम्वन्धि सामाग्री २ महिनाका लागि पुग्ने जानकारी दिए । अस्पतालले कोरोना संम्भावित कोरोना संक्रमितलाई अस्पतालले मास्क उपलब्ध गराउने उनले बताए ।
लोमान्थाङ गाउपालिकाले कोरोना नियन्त्रण समाग्री हालै खरिद गरेको छ ।अन्य पालिकाले खरिद गर्ने तैयारीमा छन् । थासाङ गाउपालिकामा माक्स जम्मा १ सय पीस छ । अन्य समाग्रीमा ग्लोब्स पञ्जा ५ सय थान छ भने सेनेटाईजर र पीपीई उपलब्ध हुन नसकेको स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्रमा अझै माक्स उपलब्ध छैन । त्यहा ग्लोब्स ५ सय थान छ भने सेनेटाईजर र पीपीई नभएको स्वास्थ्य संयोजक खग्रेन्द्र बोहोराले जानकारी दिए । उनले पीपीई नभएपनि बैकल्पिक व्यवस्था गरिएको उल्लेख गरे । यता घरपझोङ गाउपालिकाका लागि स्वास्थ्यकर्मी ,हेल्थ डेस्क,क्वारेन्टाईन र स्ंम्भावित कोरोना संक्रमित व्यक्तिलाई मात्र सामाग्री स्टक भएको जनाएको छ । घरपका स्वास्थ्य संयोजक कर्ण थकालीले पालिकामा १ सय पीस माक्स आएकोमा आधा स्वास्थ्य चौकीलाई बितरण गरेको बताए । उनका अनुसार पालिकामा ५० पीस मास्क ,ग्लोब्स १ हजार पीस र सेनेटाईजर १५ सय एमएल छ । तर पालिकामा अझै पीपीई नआईसकेको जनाए ।
जिल्लाको लोघेकर दामोदरकुण्ड गाउपालिकाले पनि कोरोना सामाग्री खरिद गर्ने तैयारी गरेको स्वास्थ्य संयोजक संजु गुरुङले जानकारी दिए । हाल पालिकामा कोरोना सामाग्रीको अभाव रहेको उनले जनाए ।