नेपाल आईडलमा संस्कृति पस्कदै नेशन पुनमगर

- नेपालआईडलमा गीतसंगै संस्कृति पस्कदै नेशन पुन मगर ।

नेपाल आईडल गायन रियालिटी शोको तेश्रो संस्करणमा पोखरा पुनः यसपटक पनि उपाधि होडमा छन् । जारी संस्करणको ८ जना प्रतिस्पर्धी मध्ये रचना रिमाल बाहिरीएपछि अब ७ जना प्रतिस्पर्धी बाकी छन् । आईडल शो मा प्रतिस्पर्धीले गायन कौशलता ,योग्यता ,दक्षता र क्षमता प्रस्तुत गरी आफुलाई अब्बल सावित गर्ने होडमा छन्।


काठमान्डौंपछि पोखरा एक सांङ्गितक दृष्ट्रिकोणले अग्रस्थानमा छ । पोखराका साङ्गिितक साखका लागि यसअघिको नेपाली तारा को प्रथम संस्करणमा पोखराका धर्मेन्द्र सेवान उपबिजेता बने । नेपाल आईडलको पहिलो संस्करणमा बुद्ध लामा नेपाल आईडल भए भने दोश्रो संस्करणमा बिक्रम बराल उप बिजेता बने । अहिले तेश्रो संस्करणको गायन रियालिटीमा पोखराका नेशन पुन र मुस्कान राना भाट अन्तिम ७ मा छन् । यस्तै ,दि भ्वाईस अफ नेपालको पहिलो संस्करणमा पोखराका श्री बिजय अधिकारले उपाधि चुमे ।


नेपाल आईडलको तेश्रो संस्करणको ७ औं प्रतिस्पर्धी मध्ये एक अब्बल उपाधि दाबेदार हुन् पोखराका नेशन पुन मगर । मगरको पुख्यौली थलो म्याग्दी भएपनि उनको परिवार लामो समय देखि पोखरा बस्दै आएका छन् । पोखराबाट आफ्नो सांङ्गितक भबिष्य खोज्न जुटेका नेशन पुन मगरले सागितक संघर्ष गरिरहेका छन् । उत्कृष्ठ १० मा आईपुग्दा उनले २ पटक दर्शकहरुको सर्वाधिक भोट प्राप्त गरेका थिए । यस्तै ,पोखराकी मुस्कान रानाभाट पनि आईडलको ७ औ स्थानमा अटाएकी छिन् ।


नेपाल आईडलको तेश्रो संस्करणको पोखरा अडिसनमा दिब्या सुब्बाको तिम्रो मन मेरो लागि बोलको गित प्रस्तुत गरी अडिसन राउण्ड उर्तिण गरेको पोखराका नेशन पुन मगरले काठमान्डौं आएपछि सांङ्गितक क्षमता प्रस्तुत गरे । यसैले अहिले उनी अन्तिम ७ प्रतिस्पर्धीमा छन् । सुमधुर कर्णप्रिय आवाजका धनी पोखरा नेशन भर्सस्टाईल गायकका रुपमा आफुलाई अब्बल सावित गर्दै आईरहेका छन् ।


यसपटकको तेश्रो नेपाल अडिसनको अीन्तम ७ मा आईपुग्दा आफ्नो गायकीका साथमा संस्कृति साट्न समेत जमर्को गरेका छन् । उनले नेवारी संस्कृति ,हिमाली संस्कृति र तिब्बतीयन संस्कृतिलाई गीतसंगै प्रस्तुत गरे । उनले नेवारी भाषाको गीत गाउदा नेपाली संस्कृतिलाई दर्शक माझ प्रस्तुत गरे भने नेपथ्यका अमृत गुरुङले गाएको भेडाको उन जस्तो गीतमा हिमाली संस्कृतिलाई उजागर गरे ।शुक्रबारको आईडल शो मा नेशनले बुद्ध नेपालको गीत गाउदै तिब्बतीयन संस्कृतिलाई दर्र्शक माझ देखाए ।

लामो कपाल ,हसिलो अनुहार अनि समधुर आवाजका धनी नेशनलाई मौलिक भेषभुषा राम्रो सुहाएको पाईएको छ । उनको बेजोड आवाज र उनको सांस्कृतिक मौलिक पहिरन ,लवज र प्रस्ततीकरणले निर्णायकलाई समेत प्रभावित तुल्याउदै आएको छ ।उनी अहिले नेपाल आईडलको दुरीमा एकदमै नजिक पुगेका छन् । उनलाई म्याग्दी र पोखराबाट उक्तिकै सहयोग मिलेको छ । उनको भोटिङ कोड ०८ हो र उनकालाई जिताउन ३७ हजारमा एसएमएस गर्नु उनले अनुरोध समेत गरेका छन् ।
sk thakali