वुद्धिचाल संघ गण्डकीमा गुरुङ

गण्डकी प्रदेश वुद्धिचाल संघको शनिबार पोखरामा सम्पन्न प्रथम साधारणसभाले कास्कीका कर्ण बहादुर गुरुङलाई आगामी ३ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा ओम प्रसाद उपाध्याय (नवलपुर), सचिवमा शुक्र कुमार प्रधान (कास्की), कोषाध्यक्षमा शेखर खडका (बागलुङ) निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुने सदस्यमा इच्छा रोक्का (बागलुङ), लखन कुमार सुनार (पर्वत), भरत कुमार पोखरेल (तनहुँ), रोशनी डुम्रे (स्याङ्जा) र संजिव राना (लमजुङ) रहेका छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै नेपाल वुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले संघले वुद्धिचाल खेललाई विद्यालय तहबाट नै माथि उठाउन लागि परेको बताए ।

संघका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रमम केन्द्रिय महासचिव हिराकाजी महर्जन, सचिव धर्म बहादुर लामा, केन्द्रिय सदस्य मोनालिशा खम्वु लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष गुरुङले आफूले ११ वटै जिल्लामा संघलाई विस्तार गर्ने तथा विभिन्न जिल्लामा विद्यालयस्तरका प्रतियोगिता आयोजना गर्ने बताए ।

नेपाल वुद्धिचाल संघको आगामी केन्द्रिय अधिवेशन चैत्र २८ र २९ गते विरगंजमा हुने केन्द्रिय सदस्य उमेश केसीले जानकारी दिए ।