भानु नगरपालिकाका वडा सदस्य र इन्जिनियर घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य र इन्जिनियरलाई सोमबार घुससहित पक्राउ गरेको छ ।

भानु १३ का वडा सदस्य कृष्णबहादुर अधिकारीमार्फत भानु नगरपालिकामै कार्यरत इन्जिनियर सुकदेव अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश र कार्यसम्पन्न प्रतिवेदन बनाईदिएको भनी घुस दिएको अख्तियारले जनाएको छ ।

टोलीले वडा सदस्य अधिकारी र इन्जिनियर अधिकारीलाई ७५ हजार घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।