साहित्य

जोगिएको कन्चट (कथा)

औपचारिक कार्यक्रम सुरु हुने तरखरमा थियो | सभाध्यक्षव्दारा फुली भिराउने, मन्तव्य दिने काम सकेपछि मात्र जमेर भोजमा रमाउने योजना थियो | कृण्णेको आगनमा पलाष्टिकका कुर्सीहरुमा मान्यता क्रम अनुसार आमन्त्रित पाहुनाहरु बसिरहेका थिए | ठूलो साँझ पर्दा समेत गर्मी घटेको थिएन | भारतीय सेनाका जर्सि लगाएका सबैजसो पाहुनाहरुको निधारमा पसिनाका थोपाहरु टल्केका देखिन्थे | थोरै थोरै सगुन सबैले चाखिसकेका थिए | आ-आफ्ना बाहादुरीका गाथा सुनाई रहेका थिए | त्याँहा कानको भन्दा… पुरा पढौ

लघुकथाः कमाइ

घटना नं. १“पीसीआर टेस्ट गरिदिनु प¥यो, डाक्टर साब ।” दस हात परैबाट एक जनाले बिन्ती बिसाए ।“के हुन्छ भन्नुस् ?”“ज्वरोखोकी छ, अलिअलि सास फेर्न पनि गारो हुन्छ ।”“के गर्नुहुन्छ तपैं ?”“निजी स्कूलमा पढाउँथें तर अहिले त...”“ए, मैले बुझिहालें, अब ज्वरो आउँदैमा आत्तिनु पर्दैन । घरमै छुट्टै १४ दिनमा बस्नुस् ।” डाक्टरले थामथुम पारे । घटना नं. २“पिसीआर टेस्ट गरेर हेर्नुप¥यो डाक्टर बाबु ।” पुगनपुग २ हात फरकमा एप्पल मोबाइल खेलाउँदै… पुरा पढौ

गजल

कुरुप मानसिकता ढलाउँछु ढलाउँछुमलिलो यो जमिनमा सुभावना फलाउँछु म देश यो उठाउन बनेर देशको जराउठेर युग युग म पलाउँछु पलाउँछु म काम, क्रोध, लोभको गरेर शीर भेदनबनेर ज्वार अग्निको जरा जरा जलाउँछु म कोपिला हुँ देशको, भविष्य हुँ बुझ अहोबनी निकास देशको कुना कुना पलाउँछु फलेर खेत खेतमा बनेर अन्न बालीझैँफुलेर बेली पुष्पको सुवास म चलाउँछु पुरा पढौ

कविता : म कम्युनिस्ट हुँ ?

न्यायको खडेरी परेपछिबिगुलधारी फोहोरिको चाङ्मालुटुपुटु हुन वाध्य भैदोरहेछकुरिकुरी भन्दा भन्दै पनि लाज नमानेपछिअब देश समृद्ध हुने आशा आर्यघाटमा दन्किरहेछकन्चन्पुर र विकट छाउपडीमा निभेनत्यसैले मैले पनि जलाइदिएसपनाका खच्याकखुचुक झोलाहरु। मार्क्स लेनिन र माओका किताबमात्र पढेरशब्दका जालले मात्र कम्युनिस्ट नबनिने रैछनत्र निर्मलाले उहिले न्याय पाउथिनचित्कारको प्रतिवाद पनि त हुन्थ्यो नि हजुरतर मैले सुन्दै सुनिनँकि सुनेर नसुनेझै गरेतर्क र उत्तर मिल्दै मिल्दैनप्र्श्नमा प्रश्न आउदाआधी एकातिर झोलुङो अर्कोतिर दौडिरहेछ्न्त्यसैले मानवता हराएको मकम्युनिस्ट हुँदै होइन।… पुरा पढौ

गीत

पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो, काँडा रोपी गयौ बैँसालु नजर तिम्रो खोजी हिड्छौ जवानीबिछोडको पीडाले पोल्यो छाती भतभतीहुरी बतास जस्तै भयो मेरो जिन्दगानीअसिनाले ठटाउँदा ठेला उठ्यो निधारभरि पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो काँडा रोपी गयौ चियो चर्चा चारैतिर राजधानी सहरमाखाल्टाखुल्टी बाटाहरु मेरै घरको आँगनीमाबिछोडले मुटुसँगै बाटाहरु भत्किगएराजस्व तिर्न जाँदा सरकार आफै ढलिगए पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो ,काँडा… पुरा पढौ

कविता : भूकम्प

मेरो शीरैमाथि घोप्ट्याएरअग्लो धरहरामेरो टाउकोमाअजङ्गको घन ठोकिस्के म तर्सिएँअहँतँभन्दाठूलाठूला भूकम्पहरू त दिनैपिच्छे मैले थेगिरहेछुपेटमार सिँहदरबारका चोटाकोठामा अब सगरमाथाको मियो समाएरकुइँकुइँ घुमाए पनिम मामुली सम्झिएरनिदाइ रहूँला जब म व्युँझन्छुत्यो बेला मेरो एक झट्कातैँले कसरी थाम्छस् ?म निदाएझैँ गरीसोचिरहेको छु । पुरा पढौ

कविता : एकता

जब विपतका पहाडहरु हावाभन्दा तेज दौडिन्छन्समस्याको सगरमाथा अग्लो हुन्छस्वराज्य स्वीकार गरिरहँदा रामराज्य जब लुटिन्छअभिमानको फेवा र रवाफको फोक्सुन्डो फुटेरजब आमाको रातो सिउँदो पखाल्छकुदृष्टिको भाला जब दानवको हत्केलामा पर्छसौभाग्यका राता चुराहरु फुटेर यादका दलिन भत्किन्छन्बिचल्लीमा पर्छन् जब बचेराहरु तब हामी ग्लानिको थुक घुटुघुटु निल्छौँदर्जा, जात र वर्गबाट माथि उठेरहामी हामी हुन थाल्छौँउर्लिएर आउँछ हामीभित्र मानवताजब परिवर्तनका दुईचार तारा खस्छन्लोभलाग्दा जूनहरु अस्ताउँछन्सानो देखिन थाल्छ मानचित्रमा नेपाल । लगत्तै हाम्रो रगतमा माटो सल्बलाउँछर… पुरा पढौ

कविता : बधशालामा देश

केही वातावरणविद्हरुलेसहरभित्र निर्माण गरे एक विशालचिडियाखाना चिडियाखानाभित्र उनीहरुले निर्माण गरेचराहरुका लागि अनुकूलचिडियाघरहरु र, उनीहरुले सुरु गरेचराहरुको देशव्यापी संरक्षण अभियान जङ्गलबाट उनीहरुलेएक एक गरेर खोज्न सुरु गरे चराहरुर, चराहरुलाई चिडियाघरहरुमाकैद गर्न थाले जङ्गलभित्र विस्तारै हराउन थालेचराहरुको सङ्गीत केही वर्षपछिचिडियाघरहरुबाटएकाएक लोप हुन सुरु भए चराहरु र, सहरमा बढ्न थालेमासु व्यापारीहरु यतिखेरनिकै प्रसन्न मुद्रामावातावरणविद्हरुप्रयोगशालामा बनाउन थालेका छन्चराहरुको क्लोन पुरा पढौ

लोकभाका-आधुनिक फ्युजन

गीतको भाकाले नै स्रोता तान्छ । त्यसमा पनि अझ आफनै मौलिकपन भए मन मष्तिष्कमै गढ्छ । पछिल्लो समय युवा पुस्ता मौलिक लोक भाकालाई टपक्कै टिपेर गीतको माला सिउरिन्छन् । स्थानीय लोकशैलीको नेपाली ठेट शब्दलाई गीतमा प्रयोग गर्नेको लहर नै छ । लोक भाकालाई आधुनिक बाजामा फ्युजन गर्ने प्रचलन पनि उत्तिकै छ । युवापुस्तामा टिकटक बनाउनेदेखि युट्युबको टे«ण्डिङमा परेका छन् । लोकभाका युक्त गीतसंगीतले मौलिकताको पहिचानसँगै परिस्कृत गर्दै लगेका छन् ।… पुरा पढौ

कविता : भोको पेट हिट भएर के गर्नु आमा !

आमा ! तिमीलाइ हिट बनाए !मोफसलमा हिट बनाए !तर तिम्रो हाम्रो दुख जस्ताको तस्तै !जुकुने र मुन्द्रेको नखसेको पसिना उस्तै !हुन्न आमा अबदेखि हिट हुन हुन्न !फेरी नफेरीने चीज के हिट भएर के भो र !यो त पोस्टरमा सजिन्न !बरु नभएको चीज देखाएर अरु नांगीनु सजिलो होलामाथि उठेर तल झर्न अरु सजिलो छैन आमा !सान्याको चोलीलाइ !आमाको रुवाइलाइ !हो आमा !किन हो आमा सडकमा कथाहरुका कथा धेरै लेखिए !ब्यथाहरुका ब्यथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं