लघुकथा : कलीको प्रभाव

नाईन्टिन फाउन्टिनमा तक्मे बुढाले फेसबुक एकाउन्ट खोलेपछि आफ्नी अर्धाङ्गिनी फूलमायालाई पनि एकाउन्ट खोलिदियो। पवित्र माया प्रेममा बाँधिएका यी जोडी आफैमा गर्व गर्थे। कहिल्यै एकले अर्काको कुरामा अटेर गर्दैनथे । एक दिन तक्मेबुढाले भन्यो, ‘हौ फूलमाया अनि त हामी दुई जना चट्ट परेको तस्बिर फेसबुकमा राखे कस्तो हुन्छ ?’
भो नराखुम बुढा यस्तो राम्रो हाम्रो माया पिरिम किन पो अरुलाई देखाउनु परो र ?
आईले भने ठीक कुरा गर्‍यौ होई फूलु। तर पनि मुलाई राख्न मन लागेछ हाम्रो फुटो ।
तेस्तो हत्ते त किन गर्नु पर्‍यो ? राख्नी भए राख्नु न त । म के रोकम त नि ।
आईले पनि फेरि ठीक कुरो गर्‍यो यो फूलुले ।

दुई जनाको सुन्दर तस्बिर फेसबुकमा पोष्ट गर्यो तक्मेले । धेरै जनाले तस्बिर मन पराए। तक्मे हस्किएर दिनदिनै यस्तै अझ राम्रा सिनहरुमा गई फोटा खिचेर पोष्ट गर्न थाल्यो । २, ४ महिनापछि उनीहरुको पवित्र प्रेममा जलन भई इर्ष्या र घृणा आई तपस्या गरे।

कली प्रशन्न भएर उनीहरुको माया प्रेम खण्डित गराउन सफल भए भनी वरदान दिईन्। कलीको यस्तो शक्तिशाली वरदानका प्रभावले गर्दा तक्मेका हृदयमा अन्य गोपिनी र फूलमायाका हृदयमा अन्य कृष्णहरु आई बाँसुरी बजाउन थाले।

फूलमाया अचेल कहिले कुन बृन्दावन कहिले कुन बृन्दावनमा नाच्दै ठिक्क छ भने तक्मे बुढाचाहिँ प्रत्येक गोपिनीलाई दिनदिनै एक एक ओटा तक्मा पुरस्कार स्वरुप दिनमै ब्यस्त ।