गजल

कुरुप मानसिकता ढलाउँछु ढलाउँछु
मलिलो यो जमिनमा सुभावना फलाउँछु

म देश यो उठाउन बनेर देशको जरा
उठेर युग युग म पलाउँछु पलाउँछु

म काम, क्रोध, लोभको गरेर शीर भेदन
बनेर ज्वार अग्निको जरा जरा जलाउँछु

म कोपिला हुँ देशको, भविष्य हुँ बुझ अहो
बनी निकास देशको कुना कुना पलाउँछु

फलेर खेत खेतमा बनेर अन्न बालीझैँ
फुलेर बेली पुष्पको सुवास म चलाउँछु