साहित्य

इब्रु तिम्तिकप्रति समर्पित मुक्तकहरु

फासीवादविरुद्धमा बोल्ने तिमी महान्अन्धसत्ताको आँखा खोल्ने तिमी महान्मर्नै परे पनि जनताकै लागि मर्छु भन्दैअमर बन्यौ चुनौति मोल्ने तिमी महान् बुझूून् शासकले सधै हुन्न ढलिमलीलोकप्रियता कमाइदैन जनका आँखा छलीअन्यायका विरुद्धमा लाग्दा मर्नु प¥योआदर्श हौ सबको तिमी, हार्दिक श्रद्धाञ्जली ।नुवाकोट, हाल पोखरा पुरा पढौ

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई

यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका योगदानको कदर गर्दै प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए । सन्ध्याका सल्लाहकार दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलिप दोषी र पूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा… पुरा पढौ

अथकले ल्याए ‘कोरोनाको पोको’

‘के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा।कोरोनाको पोको छ झाल झालमा।’ पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लेखित गीतको टुक्का हो यो। हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीसहितका विदेश तथा नेपाली समाजमा पारेको प्रभावलगायतका विषयलाई उल्लेख गरिएका २५ वटा गीत समेटिएका छन्। कृषि प्रधान नेपाली समाजको यथार्थतालाई गीतमा समेट्दै यसबाट जोगिन सचेत बन्नुको विकल्प… पुरा पढौ

इबरा : भाषा आन्दोलनका बौद्धिक केन्द्र

“मेरो मातृभाषा नेपाली भारतमा विदेशी रहेछ भने मेरो भाषामा मेरो कृतिको निम्ति दिइएको भारतको कुनै पनि पुरस्कार म राख्न सक्तिनँ” भनेर साहित्य अकादमी पुरस्कार फर्काउने भाषा संग्रामी थिए इबरा अर्थात् इन्द्रबहादुर राई) भारतीय नेपाली साहित्यका शीर्ष पुरुषको ख्याति पाइसकेका इन्द्रबहादुर राई साहित्य लेखनमा मात्र होइन तर युगको आवश्यक्तानुरूप सामाजिक, भाषिक र राजनीतिक क्षेत्रमा पनि आफूलाई संलग्न र सक्रिय गराउन कहिल्यै पछि हट्दैन थिए । साठीको दशकदेखि नै दार्जिलिङ जिल्लामा ‘नेपाली’… पुरा पढौ

तीज गीत : बाटाे नहेर्नु भाइ

आउदिन दर खान बाटाे नहेर्नु भाइकोरोना फैलियाछ लिन नआऊ मलाई रुनुहुँदो हो आमा आइन छोरी भन्दैदशैँमा आउछे रे भन्दिनु आमालाईछैन घरमा कोही श्रीमान पनि बिदेशबुढि हुनु भको छ हेर्नु छ सासूलाई आउदिन ...... बुहारी माइत जाउन् नजा नभन्नु तैँलेसक्नु हुँदै छ आमा पकाइ खानलाईव्रत नबस्नू भन्नू कम्जोर हाम्री आमासघाउनू भित्री काम भनेकीछु तलाइ आउदिन ..... असाध्यै जिद्दी गर्छिन् जे मा बुहारी हाम्रीभोकै नबस्नू भन्नू व्रत बसे तिनीलाईयो हो सस्कार हाम्रो… पुरा पढौ

तीजको गीत

१.जताततै डरैडर कोरनाको कहरभयाबह हुन थाल्यो गाउँ शहर७६ सालदेखी फैलिएको रोगलेजनताहरु छट्पटाए शोकै शोकले२.हाछ्यु आउने रुघा लाग्ने सुख्खा खोकी लाइरहनेटाउको दुख्ने धेरै धेरै ज्वरो आइरहनेवालबच्चा बृध्द बृध्दा नियमित विरामीसङ्क्रमित हुन सक्छन राखौ निग्रानी३.चाइनाबाट फैलिएको कोरना भाइरसडढेलोझै सन्सारमा बढ्दै गैराछभाइरसको समाधान सरकारले थालेकोऔषधि र सामान ल्याउन टेन्डर मागेको४. टेन्डरमा गडबड कस्लाइ पारेको?नेपालको स्वाभिमान तल झारेको!औषधि र उपकरण ठुलै भयो घोटलानेता बने सामन्तका गोटी खेताला५.कोरनाले भन्दा धेरैअरु रोगले मरेकास्वास्थ्य क्षेत्र माफियाले व्यापार… पुरा पढौ

तीजगीत

अहिलेको तिजमा पकाउदिन दरकोरोनाले खायो मेरो सबै रहर लगडाउनले पाँच महिना भो माइत जान पाछैनआमाबाबा कस्ता भए मलाई था छैनपाँच महिनाको गर्भ थियो बच्चा जन्म्यो घरमासुत्केरी नी उत्रीयो मेरो डरै डरमाअहिलेको तिजमा पकाउदिन हरकोरोनाले खायो मेरो सबै रहर मनको इच्छा नानी बोकी माइती घर जानलाईआउने आंट गरेन भाइले दिदी लानलाईआज सम्म सन्चै छु म हजुरहरुलाई कस्तो छकोरोनाको संक्रमण दिन दिन बढ्दो छअहिलेको तिजमा पकाउदिन दरकोरोनाले खायो मेरो सबै रहर घर… पुरा पढौ

बा फ्रेमभित्र बसेपछि….

तिम्रो काँधको कन्चनजङ्गा चढेपछि नैजागेको हो म मा उचाइको मोहतिम्रो औँलाको अंकुसे साथ छुटेपछि नैबुझेको हुँ छुटाईको अर्थतिम्रो छातीमा सिउरी खेल्दैघाँटिमा पिङ खेल्न पाएपछि मात्रैबल्ल दसैँ आउने गर्थ्यो मेरोतिम्रो दौराको खल्तिबाटपिपलगेडी निस्केपछि बल्लचाडपर्व सुरु हुन्थ्यो मेरो । बा! आमा सधैँ झुटो बोल्छिन म सँग`बा खै` आमा भन्दातारा देखाउँदै भन्छिन्उ तेरो बा!बा, तिमी साँच्चै तारा बनेका हौ भनेकिन चम्कन्नौ मेरो चकमन्न रातमाबा, तिमी साँच्चिकै आकाशमा छौ भनेभिज्दा निथ्रुक्क वियोगको झरीलेकिन ओडाउन्नौ… पुरा पढौ

बा (कविता)

बा, सरल तरगहन अर्थ बहन गर्ने शब्दरहनसहन,पर्व संस्कारलाग्छ बा सब हुन् ।धर्तिपुत्र मेरा बाबालखैमा बा गुमाएपछिलाटी आमा र दिदीहरुकै मायामाघाम होइन छायामा हुर्किए ।। जिम्मेवारी बोध गरी व्यवहार धानेकामेरा बाको दुःखख्याउटो शरीर र पट्पटिफुटेका पैताला देखेरै महशुस गर्थेँआज आफैँ बा भएपछिअझ बढी बा भोग्दैछु ।। गधा, जिराफ र लाटोकोसेरो भएरबाँच्नुपर्ने त्यो समयराणा शासनदेखि गणतन्त्रसम्मको यात्राजीवन जात्रा भोगेका मेरा बालेगह्रौँ भारीका साथ१२ घण्टा हिँडेर बजार आऊजाऊगर्दै झन्डै दर्जन सन्तानको जिम्मेवारीकसरी निभाएहोलान्… पुरा पढौ

माधव घिमिरेप्रति कम्युनिस्टको असीम श्रृद्धा किन ?

मैले बुझ्न सकिनं ।राजा ज्ञानेन्द्र शाहीले प्रदान गरेको ‘राष्ट्र कवि’ को पगरीलाई शानका साथ लाएर हिँडेका कवि माधव घिमिरेको निधन भएको छ । कोही पनि मानवको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्नु शोभनीय नै होला । तर, प्रस्तुतिको स्तर र शैलीले भावी पुस्तालाई हामी केही सन्देश दिइरहेका हुन्छौं । उनीप्रति असिम भावको श्रद्धाञ्जली व्यक्त गर्नाले भावी पुस्तालाई ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’ हरुले के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनं । मार्क्सवादले के… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं