हर कुराको कही न केही नियम, जारी हुनुपर्छ
र, हर कोहीलाई त्यसबारे जानकारी हुनुपर्छ
जन्म र मृत्युको हिसाब, कहिल्यै मिल्दै मिलेन
कि शून्य हुनुपर्छ कि हाराहारी हुनुपर्छ
महाशय मान्छे गयो कि विलायो विदेशमा
फर्कनलाई त स्वदेशमै रोजगारी हुनुपर्छ
म कसरी बोलाऊ यो गरिब बस्तीमा हजुरलाई
हजुर जानेरै यहाँसम्म सवारी हुनुपर्छ
महाशय ऊ हेर त सधै कुदेको कुदै छ
शायद गन्तव्य भेट्न धपारी हुनुपर्छ ।




