कविता : राष्ट्रकवि

जव तिमी
भोकको कविता लेख्छौ
अनि अघाएका सासकलाई सुनाउँछौ

जव तिमी
विभेद को कविता लेख्छौ
अनि विभेदकारी सत्तालाई सुनाउँछौ

जव तिमी
मुक्तीको कविता लेख्छौ
अनि मालीकलाई सुनाउँछौ

जव तिमी
विचारको कविता लेख्छौ
अनि विचारहिनलाई सुनाउँछौ

जव तिमी
क्रान्तिको कविता लेख्छौ
अनि तानाशाहलाई सुनाउँछौ

जव तिमी
रास्ट्रीयताको कविता लेख्छौ
अनि राष्ट्रघातीलाइ सुनाउँछौ

तिमी
महाकवि
कवि शिरोमणि
राष्ट्रकवि
कदापी हुँदैनौ कवि

फेरि पनि
के तिमी
राष्ट्रकवि बन्ने
होडमा छौ ?