गोपाल खनालका ५ मुक्तक

सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ
यथार्थ भुल्छ र भन्छ, गोरु नि ब्याउँछ
सिटामोल नपाएर मर्नुपर्छ जनताले
दङ्ग पर्छु कस्कालागि यी योजना ल्याउँछ ?

सर्प पाल, युवा फाल, चमत्कार हुन्छ
यस्तै यस्तै कदम चाल, चमत्कार हुन्छ
जनताले विरोध गर्न सक्छन्, भ्रष्ट बन्यौ
घाँस हाल, मुख टाल, चमत्कार हुन्छ ।

राम्रा होइन हाम्रालाई छानिन्छ र पो त
यहाँ गलतलाई सही मानिन्छ र पो त
देशका लागि केही गर्न खोज्नेलाई पनि
समर्थन होइन खुट्टा तानिन्छ र पो त ।

सरकार भन्छ कतै पनि भ्रष्टाचार छैन
समृद्धिको लहर छ कतै हार छैन
बिपत्तिमा मौन सत्ता जोगाउनमै व्यस्त
देख्दा लाग्छ यो देशमा सरकार छैन ।

गुुजारा चलाउन मृत्युसँग खेलिरहनुुपरेको छ
हेर्नुुस् निमुुखाले समस्या झेलिरहनुु परेको छ
गन्तव्यहीन बन्दै छ जिन्दगीरुपी रथ तैपनि
मन नलागे निभ्रम साँचेर ठेलिरहनुुपरेको छ ।
नाल गाउँ, नुवाकोट, हाल पोखरा