फासीवादविरुद्धमा बोल्ने तिमी महान्
अन्धसत्ताको आँखा खोल्ने तिमी महान्
मर्नै परे पनि जनताकै लागि मर्छु भन्दै
अमर बन्यौ चुनौति मोल्ने तिमी महान्
बुझूून् शासकले सधै हुन्न ढलिमली
लोकप्रियता कमाइदैन जनका आँखा छली
अन्यायका विरुद्धमा लाग्दा मर्नु प¥यो
आदर्श हौ सबको तिमी, हार्दिक श्रद्धाञ्जली ।
नुवाकोट, हाल पोखरा




