न्यायको खडेरी परेपछि
बिगुलधारी फोहोरिको चाङ्मा
लुटुपुटु हुन वाध्य भैदोरहेछ
कुरिकुरी भन्दा भन्दै पनि लाज नमानेपछि
अब देश समृद्ध हुने आशा आर्यघाटमा दन्किरहेछ
कन्चन्पुर र विकट छाउपडीमा निभेन
त्यसैले मैले पनि जलाइदिए
सपनाका खच्याकखुचुक झोलाहरु।
मार्क्स लेनिन र माओका किताबमात्र पढेर
शब्दका जालले मात्र कम्युनिस्ट नबनिने रैछ
नत्र निर्मलाले उहिले न्याय पाउथिन
चित्कारको प्रतिवाद पनि त हुन्थ्यो नि हजुर
तर मैले सुन्दै सुनिनँ
कि सुनेर नसुनेझै गरे
तर्क र उत्तर मिल्दै मिल्दैन
प्र्श्नमा प्रश्न आउदा
आधी एकातिर झोलुङो अर्कोतिर दौडिरहेछ्न्
त्यसैले मानवता हराएको म
कम्युनिस्ट हुँदै होइन।
हो
बरु मेरी आमा कम्युनिस्ट रैछिन्
तिलान्जली दिएकी छ्न् खुसीहरु
मलाइ खुसी पार्न
तर म
उनलाइ खुसी पार्न थोरै पनि कोसिस नै गर्दिनँ
मलाई कसरी कम्युनिस्ट भन्छौ ?
म कम्युनिस्ट नै होइन।
रातो झन्डा अब आफै खुइलिन थाल्यो
दोधारमा परेछ कठ्ठै बिचरो
उन्मुक्त स्यालहरु अस्तित्व हरण गर्न थालेपछि
ती वीर शहिदका राता र आला रगतका टाटाहरु
जसै सुक्न विवश भए
सर्वश्व बोक्नेले सफा विचार मैलाइ दिएपछि
अहिले त्यो विकट गाउँ बोल्दैन
जब सर्वहाराका नेताले महल उभ्याए
महल विकटको वायु रोक्न थालिसकेछ
त्यसैले
अब म क्रान्ती गर्दै गर्दिनँ
मैले तिलान्जली दिए पनि
देशले न्याय पाउदै पाउदैन
किनकी स्यालहरु सधै सिनोमा रमाउछ्न्
मेरा परिभाषा र कम्युनिस्ट चाहना
मिल्दाजुल्दा छदै छैनन्
त्यसैले बोलीमा कम्युनिस्ट हुँला
यथार्थ कम्युनिस्ट रहिनँ।




