औपचारिक कार्यक्रम सुरु हुने तरखरमा थियो | सभाध्यक्षव्दारा फुली भिराउने, मन्तव्य दिने काम सकेपछि मात्र जमेर भोजमा रमाउने योजना थियो | कृण्णेको आगनमा पलाष्टिकका कुर्सीहरुमा मान्यता क्रम अनुसार आमन्त्रित पाहुनाहरु बसिरहेका थिए | ठूलो साँझ पर्दा समेत गर्मी घटेको थिएन | भारतीय सेनाका जर्सि लगाएका सबैजसो पाहुनाहरुको निधारमा पसिनाका थोपाहरु टल्केका देखिन्थे | थोरै थोरै सगुन सबैले चाखिसकेका थिए | आ-आफ्ना बाहादुरीका गाथा सुनाई रहेका थिए | त्याँहा कानको भन्दा मुखको प्रयोग धेरै भएको आभास हुन्थ्यो |
कृण्णे पेन्सन निस्केको पनि चार वर्ष काटिसकेको थियो | उनी हल्दारमा निस्के पनि दोस्रो वर्षमा नै मानार्थ सुबेदार पत्रव्दारा पाइसकेका थिए | यस्तो सुवेदारलाई ‘हनरी’ भन्ने प्रचलन थियो | कृण्णेलाई सबैले हल्दार नै भन्ने गर्दथे | यो संबोधन उनलाई मन परेको थिएन | आर्मीको पद आफुलाई मात्र होइन भन्ने कुरा कृण्णेलाई राम्रेरी थाहा थियो |
सुबेदार्नी सुबेदारको छोरा नाति कसरी पछिसम्म सन्तानमा स्थापित गर्ने भन्ने पिरलो उनमा थियो | छिमेकी गाउँका एक जेष्ट हनरीले कृण्णेलाई यसको समाधानको राम्रो उपाय सुझाएका थिए | पेन्सनपछि राम्रै राजनैतिक पद पाए पनि आफ्नो नामको अगाडि ह.सु. नलेख्दा वा नभन्दा अपमान गरेको ठानिन्छ | आफ्नो नागरिकता र लालपुर्जामा भएको नामको अगाडि यस्ता छोटा रुपहरु थप्दा समस्यामा परेको उदारणहरु पनि धेरै पाइन्छन् |
हनरीको फुलि कतै नपाइने भए पनि ती जेष्ट हनरीले मात्र यस्तो फुलि(तक्मा)को जोहो गरेका थिए | एक दिनको तीन हजार फुलिको भाडा दिनु पर्ने, उनै हनरीबाट फुलि भिराइ दिनु पर्ने तथा राम्रेरी भोजभतेर गर्नु पर्ने शर्तमा कृण्णेको घरमा यो तामजाम हुदै थियो | कृण्णे खर्च गर्नमा कन्जुस भए पनि यस कार्यमा मन फुकाएका थिए | बीस किलोको खसि ढालिएको थियो | पाँच बोतल आर्मिको रम र अरु चालीस बोतल खुकुरी रमको प्रबन्ध गरिएको थियो | खानाका सबै परिकार दिउँसै तयार पारिएको थियो |
यो फुलि ग्रहण समारोहमा आफ्नो ठाँउका भारतीय आर्मिका पेन्सनवालालाई मात्र निम्तो थियो | कृण्णेको भाइलाइ समेत बोलाइएको थिएन | कृण्णेको एकजना छिमेकी (जो आफुलाई अति जान्ने सुन्ने र पहुँचवाला ठान्दथे)लाई पनि निम्तो थिएन | उनलाई ‘अजासु’ भनेमा गर्वले छाति फुलाउने गर्थे | त्यतिबेला बनलाई ब. र ब्यारेकलाई ब्या.भन्ने गरिन्थ्यो |अजासुले ब र ब्या दुबैका गह्रौ व्याक्तिहरुलाई घरमा ल्याएर अजासु प्रमाणित गरिसकेका थिए | कृण्णेको भाइ र अजासुको दोस्ति थियो | कृण्णे र उनको भाइवीच मनमुटाव थियो |
हुनेवाला हनरीको टिनको छानोमा ठूलो आवाज आयो | एउटा कागतले बेरिएको ढुङ्गा पलेसीमा खस्यो | त्यो कागतमा लेखिएको थियो-आर्मीका पोसाक अनि रक्सी| सबै मासु र रक्सी माथिको चौतारोमा सुरक्षित पुग्ला | कार्यक्रम तु बन्द गरि आ-आफ्नो घर जाला | नत्र —| त्याहाँ केहि क्षण खलबल चल्यो | अब के गर्ने अलमलकोवीच एक जनाले अजासुलाई बोलाएर सल्लाह लिनु पर्ने तर्क राखे |
त्यतिबेला बनलाई ब. र ब्यारेकलाई ब्या.भन्ने गरिन्थ्यो |अजासुले ब र ब्या दुबैका गह्रौ व्याक्तिहरुलाई घरमा ल्याएर अजासु प्रमाणित गरिसकेका थिए |
अजासुलाई बिन्तिभाउ गरि बोलाएर ल्याइयो | निम्ता गर्न बिर्सेकोमा कृण्णेले प्रथमत: माफी मागे | छानाबाट खसेको कागत उनको हातमा थमाउदै हनरीले भने -तपाइँको पहुच छ यो कागतको कुरा मिलाउनु पर्यो फुली भिराउन पाए मात्र हुने थियो | अजासु केहि रिसाउदै भने- समय बिति सक्यो | पहिले भए हुन सक्थ्यो | कागतको अनुसार गरे हुन्छ | कागजमा के छ म हेरिन | उनी फटाफट आफ्नो घरतिर लागे |
हनरी जुरुक्क उठि आदेशात्मक शैलीमा भने- कृण्णेलाई हनरी हुन अहिले लेखेको रहेनछ | आच्छा , फेरि गर्ला | आफैले मासु रक्सी चौतरोमा पुर्याउला | सबै घर घर जाला | वातमा बोलाउदा आउला | बसिरहेका एक जनाले आफ्नो नजिककालाई सोधे- दुईमध्ये कुन पक्ष होला ? अजासुको घरतिर हेरि आँखा सन्काउदै ती नजिकै बसेका साहेबले सुस्तेरी आफ्नो अनुमान सुनाए – हामी सधै दुई मात्र सोच्दछौ, तेस्रो पनि हुन सक्दछ |
सोफामा अदध्यताको आसन ग्रहणको लागि प्रतिक्षारत ती हनरीले पनि यो सुने| उनी जोसिदै भने – जुन पक्ष भए पनि अब पुग्यो | एकजना सिधासाधाले लडाइमा कानको पछि गोलि लागेर मरेको बारे सुनाउदा भन्थ्यो रे- कसो कन्चट त जोगाएछ ! मर्न त मरि सक्यो, कन्चट जोगाएर के भयो ? बसेका सबै जसोले निराशासाथ मासुको दिप्चि बोतल हुदै नजिकै बसेका एक अर्को साहेबको मुखमा केहि क्षण हेराहेर गरि रहे




