दुस्मनसँग झुकेर कति दिन बाँचिन्छ
घरभित्रै लुकेर कति दिन बाँचिन्छ
भो लिन्न भने नि यो छोड्नै मान्दैन
पीरले ज्यान सुकेर कति दिन बाँचिन्छ ?
बोल्नुअघि सोच्ने गर्नुहोला अनेक पटक
सफल हुन लागि पर्नुहोला अनेक पटक
अनेक चोट खाएपछि ढुंगा मुर्ती बन्छ
हारमा जित्न अघि सर्नु होला अनेक पटक।
दाङ्सिङ नुवाकोट हाल पोखरा ११




