पीडामाथि पीडा दिंदै बाटो मोडी गयौ
यो मनमा फूल थियो, काँडा रोपी गयौ
बैँसालु नजर तिम्रो खोजी हिड्छौ जवानी
बिछोडको पीडाले पोल्यो छाती भतभती
हुरी बतास जस्तै भयो मेरो जिन्दगानी
असिनाले ठटाउँदा ठेला उठ्यो निधारभरि
पीडामाथि पीडा दिंदै बाटो मोडी गयौ
यो मनमा फूल थियो काँडा रोपी गयौ
चियो चर्चा चारैतिर राजधानी सहरमा
खाल्टाखुल्टी बाटाहरु मेरै घरको आँगनीमा
बिछोडले मुटुसँगै बाटाहरु भत्किगए
राजस्व तिर्न जाँदा सरकार आफै ढलिगए
पीडामाथि पीडा दिंदै बाटो मोडी गयौ
यो मनमा फूल थियो ,काँडा रोपी गयौ




