मुख्य समाचार

बुद्ध जन्मजयन्तीका दिन राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रिको आयो यस्तो सन्देश

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा देशका उच्चओहोदाका ब्यक्तित्वहरुले शुभकामना शन्देश जारी गरेका छन् । राष्ट्रिपति विद्यादेवी भण्डारीले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने बताएकी छिन्। राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय… पुरा पढौ

मुस्ताङमा फेरी चर्चा : नुन र युरोनियम अन्वेषण

लामो समयको अन्तरालपछि मुस्ताङमा पुनः नुन खानी र युरोनियमको अन्वेषण थालिएको छ ।यसका लागि खानी तथा भुगर्व बिभागका २ सदस्यीय टोली मंगलबार मुस्ताङ आएका छन् । संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा खनिज अध्ययनको प्रारम्भिक सर्वे गर्न खानी बिभागका वरिष्ठ भुगर्वबिद धर्मराज खड्का र अर्को भुगर्वबिद नरेश महर्जन मुस्ताङ आएका हुन् ।टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङमा अवस्थित नुन खानीको अवलोकन गरेको छ ।नुनु खानी अध्ययन सकेर टोली शनिवारनै उपल्लो मुस्ताङमा… पुरा पढौ

मिडिया काउन्सिल विधेयक विरुद्ध आधिवेरी ल्याउने कास्केली पत्रकारहरुको चेतावनी

संसदमा हालै दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधान संशोधन नभए आन्दोलनको आधिवेरी ल्याउने कास्कीका पत्रकारहरुले चेतावनी दिएका छन् । प्रेस स्वतन्त्रता बिरोधी प्राबधान राखिएको मिडिया काउन्सिल बिधेयकको बिरोधमा पोखराको महेन्द्रपुल चोकमा बिरोध प्रर्दशन गर्दै पत्रकारले सरकारले उक्त विधेयक तत्काल संसोधन नगरे आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका हुन् । २०६२ र०६३ को आन्दोलनमा पत्रकारले पुराएको योगदानको मुल्याङकनलाई सरकारले हाल बेवास्था गरी आफ्नो ढंगले निरंकुशता लाद्न खोजे सम्पुर्ण पत्रकार एक भई… पुरा पढौ

कांग्रेसलाई अब म्युजियममा राख्नुपर्छ : बाबुराम भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । पोखरामा आयोजित १ सभामा सम्बोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठूलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ उनले भने । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै उनले थपें, ‘अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्छ ।’ फरक प्रसंगमा… पुरा पढौ

कति छन् गण्डकी प्रदेशमा बेरोजगार ?

गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको गरेको छ । राष्ट्रिय योजना आयोग केन्दीय तथ्याङ्क विभागले तेस्रो नेपाल श्रमशत्ति सर्वेक्षण सार्वजनीक गरेको हो । नेपाल भर ११ दशमलव ६ प्रतिशत बेरोजगार रहेको तथ्यांक सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा पुरुषको ९ दशमलब ४ र महिलाको बेरोजगार दर ८।४ प्रतिशत बेरोजगार रहेको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत पृथ्वीराज सिजापतिले जानरकारी दिए । गण्डकी प्रदेशका सहरहरुमा बेरोजगार… पुरा पढौ

पार्टीभित्रै हराउनेहरु बलशाली भएकाले कांग्रेस संकटमा फस्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको आरोप लगाएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको गुनासो गरेका हुन् । उनले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले… पुरा पढौ

मदन भण्डारी हत्याराको खोजी भैरहेको छ

गृहमन्त्री रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी गर्न सुरू गरिएको बताएका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताएका हुन् । नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई… पुरा पढौ

यस्तो छ मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटनास्थल

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ ३ गते जीप दुर्घटनास्थल भरतपुरको दासढुङ्गा । विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरू दुवैको ‘रहस्यमय’ निधन भएको थियो । जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा… पुरा पढौ

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् । २६ औंमदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए। उनले एक वर्ष अगाडि दुई पार्टी एकीकरण गर्दा तीन महीनाभित्र एकता… पुरा पढौ

कार्यवाहक अध्यक्ष र निर्वाचित अध्यक्षलाई पाखा लगाएर महासचिवलाई संयोजक बनाइयो

अन्य जनवर्गीय संगठन र पार्टी एकतामा बनेको मापदण्ड विपरीत नेतृत्व छानेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव हुन् । अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक सभासद् चुनिएपछि वरिष्ठ उपाध्यक्ष रश्मि आचार्यले कार्यवाहक अध्यक्ष भएर काम गर्दै आएका थिए । आचार्यलाई पाखा लगाउँदै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं